“साहित्य समाजको ऐना हो,साहित्यिक कृतिहरु द्वारा समाजका भावना,पिडा तथा वेदनाहरुलाई समेटी समाजलाई सभ्य बनाउनु तर्फ डोर्याउनु साहित्यकारको कर्तव्य र दायित्त्व हो ।”
भनिन्छ एउटा ढुङ्गाले नदीको धार बदल्न सक्छ त्यस्तै एउटा कुराले तपाईलाई जिवन जिउन बाट बञ्चित गर्न पनि सक्छ । कुरा २०७५ साल पौष २४ गते रातीको हो,त्यो रात कालो रात पनि हो । हुनत यो समाजमा यस्ता थुप्रै घटनाहरु घटिसकेका छन । तर पनि यो घटनाको म एक प्रत्यक्षदर्शी यात्रु भएका कारण म यो यथार्थ घटनामा आधारित एक इतिहास लाई कापीका पानामा कोर्दै छु । कुरा जन्म देखी नै सुरु हुन्छ । एक छोरी भएर जन्म लिनु समाजका लागी सौभाग्यको कुरा हो किनभने छोरी नै यो समाजकी एक निर्माता हुन । नारी बिना समाजको कल्पना सम्म पनि गर्न सकिदैन । जब छोरी भएर जन्म लिन्छिन एक बालिकाले, सर्वप्रथम त तिनकै घर परिवारमा ति नारीको लागी घृणित वातावरणको सृजना हुन जान्छ । जब नारी बढ्दै जान्छिन तब उनिमा हुने एक प्राकृतिक परिवर्तन पनि ति नारीको लागी आवश्यक नै हुन्छ । एक रजस्वला हुँनु हरेक महिलाका लागि जीवनको सबैभन्दा ठूलो खुशी र सुखद अनुभुति हो । एउटी नारी जब रजस्वला हुन्छिन्, तब उनी शारिरीक रुपमा मात्रै नभई परिवार र समाजका नजरमा पनि सृष्टी रचनाका लागि सक्षम ठहरिन्छन् । तर बिडम्बना, कतिपय नारीका यिनै सुखद अनुभुति सार्थक बन्न नपाउँदै अकालमै ज्यान गुमाउनु परेको छ ।
रजस्वला संसारभरका महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । विकसित देशहरुमा यसलाई महिलाहरुमा हुने नियमित प्रक्रियाका रुपमा हेरिएपनि नेपालमा भने रजस्वला नियमित प्रक्रिया भन्दा पनि घर परिवारमै महिलामाथि विभेदको मुख्य विषय बन्ने गरेको छ । रजस्वला भएकै कारण महिलाले आफ्नो घर छोडी टाढा बस्नु पर्ने जो बसाइ बाट आफ्नो जिन्दगी समेत गुमाउनु पर्ने कुरा इतिहासमा बिधितै छ । कुरा २०७५ साल पौष २४ गते रातीको हो । यो कुरा सुन्दा पनि तपाईको मन झसंग होला तर यथार्थतामा लेखिएको यो लेख लेख्न मलाई त्यती रमाईलो लागेर लेखेको भने पक्कै पनि होईन तर यो समाजका दर्दनाक कथा छन । अन्धविश्वासमा अडिग भएकै कारण कसैको जिन्दगीमा बिराम् लागेको समेत पाईन्छ । छाउपडी प्रथालाई यहाँ सामाजिक परम्पराका रुपमा हेर्ने गरिन्छ । त्यो रात बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ९ अगुंवापानीको भुगेचौरमा एक ३५ वर्षिया महिला र निज महिलाका २ जना अबोध बालकले समेत ज्यान गुमाएका छन । छाँउगोठमा आगोले निस्वासियर निज तिनै जनाको मृत्यु भएको थियो । ३५ वर्षकि अम्बा बोहरा र निजका २ छोरा १२ बर्षया सुरेश बोहरा र ९ बर्षिया रमित बोहराले आफ्नो सुन्दर संसारको रचना गर्ने आफ्नो सपनालाई साकार बनाउन नपाउदै ज्यान गुमाएका हुन । निर्दोष बालक जसले यो समाज परिवर्तनको लागी मात्रै नभएर समाज सृजनाको लागी समेत एक सपना बुनेका हुन्छन । तर विचरा ति निर्दोष बालक हरुको के नै गल्ती थियो र गल्ती थियो यो समाजका दिग्गज व्यक्तित्वहरुको थियो । गल्ती थियो त यो समाजका ठुलाबडाहरुको थियो तर गल्ती अर्कैले गरेको त्यसको भोगाई पिडा अर्कैले पाएको पनि यताकता भेट्टिन थालेको छ । महिनावारी भएका बेला यहाँका महिलाले घरभित्र बस्न पाउँदैनन् । उनीहरुलाई घरबाट १५-२० मिटरको दूरीमा गाई, भैँसीको गोठ वा छुट्टै बनाइएको छाउगोठमा राख्ने चलन छ ।
महिनावारी भएकै कारण महिलाहरुले घरमा बस्न नपाउने मात्र होइन, दुध दही खान र आँगनको डिलमा समेत टेक्न पाउँदैनन् । यद्यपी छाउपडी प्रथा उन्मुलनका लागि सरकारी तथा गैरसकारी क्षेत्रबाट धेरै प्रयासहरु भएका छन् ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय बाजुराको अगुवाईमा जिल्ला भरीमा ३८९ वटा छाउगोठको पहिचान गरेको थियो ।पहिचान भएका गोठहरु भत्काउने कार्यपनि प्रहरीले जारी नै राखेको छ ।
महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रुपमा बहिष्कार गर्नेदेखि तत्कालिन स्थानिय सरकारबाट प्रदान गरिने सबै सेवा सुविधाबाट बञ्चित गर्ने सम्मका निणर्य गरिए । त्यसलाई कार्यान्वयन पनि गरियो । तर, छाउगोठ घटेनन् ।
फलस्वरुप सरकारले गएको ०७५ भदौ १ गतेदेखि ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ लागू गर्यो । जसमा छाउपडी प्रथालाई फौजदारी अपराध ठहर गरिएको छ ।
विशेषगरी नेपालको सुदूर र मध्यपश्चिमका केही पहाडी जिल्लामा महिनावारी भएका बेला महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ ।
त्यसरी छाउगोठमा चार/पाँच दिन बिताउनुपर्दा कतिपय महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय बिरामी परेका छन् भने कतिपयले अपमानबोध महशुस गरेकाले अब त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।
तर, हिजो बाजुरामा जे समस्या थियो । त्यो समस्या आज पनि ज्यूँका त्यूँ छ । भौतिक रुपमा त पटक पटक छाउगोठहरु भत्किए, तर बाजुराबासी मनमा बसेको छाउपडी अन्धविश्वास अझै भत्किन सकेको छैन ।
सरकाले छाउपडी प्रथालाई फौजदारी अपराध मान्दै कानुन बनाइसकेको अवस्थामा पनि किशोरीले छाउगोठमा ज्यान गुमाउनु राज्यकै बिडम्बना हो ।
त्यसैले छाउपडी प्रथाको अन्त्य गर्न कसैको दबाब वा कोठे बहसले सम्भव देखिदैन । बरु हरेक नागरिक जागरुक हुन जरुरी छ । त्यसमा पनि अझै बढी महिला सचेत हुनुपर्ने देखिन्छ ।
जबसम्म हामी (महिला) ले छाउगोठलाई बहिस्कार गर्न सक्दैनौ, तबसम्म हाम्रा छोरी, बैहिनीहरुले अकालमै ज्यान गुमाउन बाध्य हुनेछन् भन्ने भनाई लाई महिला दिदी बहिनीहरुले समेत बुझ्नु जरुरी छ ।
“मैले त बाजुरा जिल्लामा मेरो एक वर्षको अबधीमा भएको बसाई बाट प्रत्यक्ष रुपमा यो समाजमा देखेका र भएका घटनाहरुलाई अगाडी बढाई यसबाट सबैलाइ सचेत रहनमा आग्रह मात्रै गर्न खोजेको हु ।”
धेरैको वास्तविकता संग यो कुरा मिल्नेछ सबैको दैनिकी संग मिले पनि संयोग मात्रै हुनेछ किनकी मैले यथार्थतामा आधारित कुराहरु लेखेको हु । लेखकः-उमेश प्रसाद अवस्थी(आदर्श)