शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

  • शुक्रबार, अशोज २४, २०७६
अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको हो । डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ ।

सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्षजीवन कुमार थापा मगरले बताए ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।

दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको खुलेको छ ।  मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार