• होमपेज
  • समाचार
  • नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ : राष्ट्रपति भण्डारी

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ : राष्ट्रपति भण्डारी

  • शुक्रबार, अशोज २४, २०७६
नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको जनाएकी छिन् ।

dish home
नेपाल सरकारले चीन तथा चीनको कुनै पनि भुभागविरुद्ध हुने गतिविधि गर्न प्रतिबन्ध लगाएको बताउंदै राष्ट्रपति भण्डारीले नेपालले एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिंदै आएको बताएकी हुन ।

पिपुल्स डेलीसंग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले नेपालले पञ्चशीलतामा आधारित परराष्ट्र नीति अबलम्बन गरेको बताउंदै द्विपक्षीय सम्बन्धको आधार शान्तिपूर्ण सहअस्तित्व, भातृत्व तथा असंलग्न नीति रहंदै आएकोमा जोड दिइन ।

नेपाल र चीनले शताब्दियौंदेखि गहन सम्बन्ध कायम राखेको बताउँदै भण्डारीले औपचारिक सम्बन्ध स्थापित हुन अघिदेखि नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध भएको दाबी गरिन् ।

‘चीन र नेपालबीच शताब्दियौंदेखि आर्थिक, सामाजिक सांस्कृतिक तथा जनस्तरमा सम्बन्ध रहंदै आएको छ । पिपुल्स डेलीले भण्डारीको भनाई उदृत गर्दै उल्लेख गरेको छ ।,‘पछि गएर यही सम्बन्ध नै कुटनीतिक सम्बन्धको आधार बन्न पुगेको हो । ’

पिपुल्स डेलीसंगको अन्तर्वार्तामा भण्डारीले गणतन्त्रको चीनको ७० औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिंदै चीनको विकासले छिमेकी देशहरुलाई समेत ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरिन ।

‘चीनको विकासले विश्वका सबै देशहरुले समृद्धि र शान्तिप्रेमी जनतालाई ठूलो प्रेरणा दिएको छ ।चीनको विकासबाट विश्वका सबै देश लाभान्वित भएका छन् । ’ उनले अन्र्तवार्तामा भनेकी छन् ।

भण्डारीले चिनियां राष्ट्रपति सी जिनपिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ले विश्वमा नै महत्व राख्ने बताइन । नेपाल समेत बिआरआईको एउटा साझेदार भएको अवस्थामा यसले दुबै देशको बीचमा कनेक्टिभिटीमा बृद्धि गुर्नका साथै अन्र्तदेशीय सांस्कृतिक तथा जनस्तरको सम्बन्ध समेत प्रगाढ हुने उनको भनाई छ ।

राष्ट्रपति भण्डारीले बिआरआईले बिभिन्न देश र जनताकाबीच आर्थिक सम्बन्ध समेत मजबूत हुने बताईन ।

चर्चामा

सम्बन्धित समाचार