• होमपेज
  • समाज
  • कञ्चनपुरमा मालपोत प्रमुख र वडा अध्यक्षकी श्रीमतीको अनैतिक सम्बन्ध: १० दिन म्याद थप

कञ्चनपुरमा मालपोत प्रमुख र वडा अध्यक्षकी श्रीमतीको अनैतिक सम्बन्ध: १० दिन म्याद थप

  • शुक्रबार, अशोज २४, २०७६
कञ्चनपुरमा मालपोत प्रमुख र वडा अध्यक्षकी श्रीमतीको अनैतिक सम्बन्ध: १० दिन म्याद थप

अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरबाट पक्राउ परेका मालपोत बेलौरीका प्रमुख र वडा अध्यक्षकी श्रीमतीमाथि थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ। मलपोत बेलौरीका प्रमुख भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न आदेश दिईएको हो।

स्थानीय विवाहित महिला ढकालसँग अवैध यौन सम्बन्ध राखेको फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि उनका श्रीमानले सोधपुछ गर्दा दुवै जनाले स्वीकारे पछि दुवै जना पक्राउ परेका थिए। आज बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए।

ऐडीका एक श्रीमती सहित एक छोरा र एक छोरी छन् भने र महिलाका एक श्रीमान् र दुई छोरा छन्। उनी बेलौरी नगरपालिकाकै एक वडाका वडा अध्यक्षकी श्रीमती हुन्।

गतवर्ष दार्चुलाको लेकम गाउँपालिकाबाट कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई केही महिना निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका ऐडीले त्यसपछि मालपोत कार्यालय बेलौरीको प्रमुखको रुपमा काम गरेका थिए।

अहिले उनको बैतडी स्थित दशरथचन्द नगरपालिकामा सरुवा भएपनि दशैँ बिदापछि मात्रै जाने भनी रमाना बुझ्न बाँकी नै रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार