• होमपेज
  • समाज
  • रोशनीले अचानक गरिन यस्तो निर्णय, सर्वसाधारण बने चकित

रोशनीले अचानक गरिन यस्तो निर्णय, सर्वसाधारण बने चकित

  • शुक्रबार, अशोज २४, २०७६
रोशनीले अचानक गरिन यस्तो निर्णय, सर्वसाधारण बने चकित

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दर्ता भएको हो । आफूलाई कर’णी गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिं सा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको छ । यदि उनले कर’णी गरेको पुष्टि भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ । ‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो।

असोज १२ गते आइतबार महरा र’क्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई ब ला त्कार र हा तपात गरेको बताएकी थिइन्। भोलिपल्ट उनको अनुहार र जिउमा चो’टप’टक देखिएको थियो। आरोप लागेपछि सोमबार घटनाको अनुसन्धानमा सहज होस् भन्‍ने हेतुले आफूले राजीनामा दिएको महराले बताएका थिए । तर, सोमबार बेलुका रोशनीले फेरि एक अर्को अनलाइनलाई महरा आफ्नो बाबु समान भएको र आफ्नो कोठामा नआएको बताएकी थिइन् । सीसीटिभी क्यामेराको फुटेजमा महरा रोशनी बस्ने घरमा गएको देखिएको छ।

घटना भएकै आइतबार राति नै पीडित महिलाले महराले ब ला त्कार गरेको भन्दै प्रहरीमा खबरसमेत गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् ।

घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका र क्सीको बोतल, घम्साघम्सीमा भाँ’चिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो। जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।

यो पनि पढ्नुहोस : दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले सरकार र नेकपाको अग्नि परीक्षा शुरु भएको छ, वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्याङ्कन गरिरहेका छन् ।” नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले देखाउने उल्लेख गर्दै अधिकांश नेकपाका नेताले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानमा आफ्नो शान जोगाउनुपर्ने बताउनुभयो ।

उहाँले हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने भन्दै काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई खुशी पार्ने ढङ्गबाट काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकार र नेकपामाथि आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “अरूलाई हिलो छ्याप्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफँै समीक्षा गर्नुस् ।”

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजीवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजीवादी चरित्र र सामन्तवादको अन्त्य अपरिहार्य रहेको बताउनुभयो । प्रतिष्ठानका जिल्ला अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिलीप प्रजापति, केन्द्रीय सदस्य तथा जिल्लाका डेपुटी इन्चार्ज सोम मिश्रलगायतले दुई तिहाइ सरकारसँग जनताका असीमित अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्य गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार