शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • घरेलु मैदानमा अष्ट्रेलियासँग भिड्दै नेपाल, टीमलाई साथ दिन ५ हजार नेपाली

घरेलु मैदानमा अष्ट्रेलियासँग भिड्दै नेपाल, टीमलाई साथ दिन ५ हजार नेपाली

  • बिहिबार, अशोज २३, २०७६
घरेलु मैदानमा अष्ट्रेलियासँग भिड्दै नेपाल, टीमलाई साथ दिन ५ हजार नेपाली

विश्वकप २०२० छनोट प्रतियोगता अन्तर्गत दोस्रो समूहचरणको खेलमा नेपालले आज अष्टेलियाविरुद्ध खेल्ने भएको छ।

क्यानवेरास्थित जिआइओ रंगशालमा स्थानीय समय अनुशार साँझ ८ बजे अष्ट्रेलियाली टीम ‘सकरुज’ विरुद्धको खेलमा नेपाली टीम मैदन उत्रिने छ। अष्ट्रेलियामा खेल सुरु हुँदा नेपालमा भने रातिको २:४५ बजेको हुने छ। नेपाल–अष्ट्रेलियावीचको खेल एन्ड्रोइड मोवाइलमा ‘माई फुटवल लाइभ’ एप्स डाउनलोड गगरेर विश्वभरबाट प्रत्यक्ष हेर्न सकिने छ। यस्तै अष्ट्रेलियामा फोक्स स्पोर्ट, एबिसी टीभि र क्यायो स्पोर्ट च्यालनबाट प्रतक्षप्रशारया हेर्न सकिने छ।

अष्ट्रेलियाको वलियो टीमका रुपमा हेरिएको सकरुजसँग नेपालले उसकै घरेलु मैदानमा कडा चुनौतिको सामाना गर्नुपर्ने छ।

खेलाडिको मनोबल बढाउन नेपालीहरू मैदानमा उपस्थित हुने छन् भने घरेलु मैदानमा अष्ट्रेलियालाई हराउन नेपाली फुटवल टीमले चामात्कारीक खेल प्रर्दशन गर्नुपर्ने देखिन्छ। अष्ट्रेलियाको राष्ट्रिय फुटबल टिमका चर्चित मिडफिल्डर टम रोजिक नेपालसँगको खेलममा सहभागी नहुँदा नेपाली टीमलाई थोरै राहत भने मिल्ने छ।

नेपाली फुटबल टिमको नेतृत्व किरण चेम्जोङले गरेका छन् भने उनी गोलकिपर हुन्। यस्तै विकेश कुथु, विशाल श्रेष्ठ पनि गोलकिपरको रुपमा रहने छन्। सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, रक्षापंतिमा रहने छन् भने सुनिल वल, रवि पासवान अन्जन विष्ठ, सुजल श्रेष्ठ, हेमन गुरुङ विक्रम लामा तेज तामाङ सन्तोष तामाङ विशाल राई रोहित चन्द मिडफिल्डरको रुपमा रहने छन्।

विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ फवार्डमा खेल्लने छन्। एलन न्यौपाने, विमल राना र रवि सिलवाल अतिरिक्त खेलाडीको रुपमा खेल्लने छन्।

रंगशालमा नेपालीहरूको बाक्लो उपस्थिती हुने छ। दसैंको वीचमा भएको उक्त खेल हेर्न अष्टेलियाका ग्रामिण शहरबाट ठूलो संख्यामा नेपाली आफ्नो देशका खेलाडीको मनोवल बढाउन क्यानवेरा पुगिसकेका छन्।

५ हजार नेपालीले टिकट लिइसकेका छन् भने ८ हजार कुर्सिहरू भिजिटरका लागि राखिएका छन्। भारत, चीन , बंगलादेश लगायत साउथ एशियाबाट पनि नेपाली आफ्नो देशको टीमको हौसल्लाबढाउन रंगशाला पुग्ने छन्।

चर्चामा

सम्बन्धित समाचार