शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • आयरल्याण्डले दियो नेपाललाई १४६ रनको चुनौति

आयरल्याण्डले दियो नेपाललाई १४६ रनको चुनौति

  • बुधबार, अशोज २२, २०७६
आयरल्याण्डले दियो नेपाललाई १४६ रनको चुनौति

काठमाडौं : पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाललाई आयरल्याण्डले १४६ रनको चुनौति दिएको छ। ओमानको अल अम्रेट क्रिकेट मैदानमा आयरल्याण्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकोमा निर्धारित २० ओभरमा ८ वीकेट गुमाएर क्षतीमा १४५ रन जोडेको हो। नेपालको लागि करण केसी, ललित राजवंक्षी, संन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएका छन्। ललितको बलिङमा एक विकेट रन आउट गर्न नेपाल सफल एको थियो। ओमानमा जारी सिरिजको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि सन् २०१५ मा भएको हारको बदला लिने तयारीका साथ मैदान उत्रिएको छ । यो सिरिजको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई हराएको छ । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्यान्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार