रमाइलो दशै

  • सोमवार, अशोज २०, २०७६
रमाइलो दशै

प्राय सुनसान हुने गाँउ यति भने निकै चहलपहल देखीएका छन् । दशैमा कामका लागि बिदेश गएका, जागिरेका शिलशिलामा गाँउ बाहिर र पढन बाहिर गएका यति बेला गाँउ पुगेपछि निकै चहलपहल बढेको छ ।
अहिले गाँउघर निकै रमाइला भएका छन्, सबै गाँउमा छन्, लामो समय सँग भेटघाट नभएका पनि यति बेला गाँउमा आउनाले निकै रमाइलो भएको बुढिन्नदा नगरपालिका कोल्टिका स्थानिय प्रदिप राज रेग्मिले वताएका छन् । घटस्थापना देखी तिहार सम्म गाँउमा निकै चहलपहल बढने उनले वताए । दशै तिहार सँग मेला लाग्ने अर्को खेलकुद प्रतियोगिता हुने भएकाले निकै रमाइलो हुने उनले वताए ।


गाँउ गाँउमा पिङ्ग हालेर खेलेको देख्दा झन निकै रमाइला गाँउला बनेका छन् । काठमाडौ बाट घर आएका डम्मर सिंह भन्छन्, गाँउमा आउदो निकै रमाइलो लाग्छ । घरपरिवार दाइ भाइ सँग भेटघाट हुने अनि तिहार सँग मनाउदाको आन्नद अर्के हुने उनले वताए । कतै पिङ्ग खेलेको रमाइलो कतै देउडा कतै खेलकुदले प्रतियोगिताले निकै रमाइलो भइरहेको वताए ।
अभाब समस्याले तड्पिएको समाजमा पनि दशैमा निकै रौनकता छाईएको छ । रिन काढेर भएपनि दशैमा निको नौलो खाने प्रचलन रहेको छ । दशै तिहारमा बाजुराका बिभिन्न ठाँउमा मेला लाग्ने गरेका छन् । जिल्लाका कोल्टि, भुक्तोली, नाटेश्वरी, काँडा, बाह्रबिस, रुगिन, डोगडि बह्रमतोला लगायतका क्षेत्रमा मेला लाग्ने गरेका छन् । अघिपछि गाँउ निकै सुनसान हुने गरेका थिए, दशै तिहारमा निकै चहलपहल हुने गरेको बाह्रबिसका रिन चदाराले वताएका छन् ।


सदरमुकाम मार्तडीमा भने खासै त्यति चहलपहल छैन्, दशैमा तिहारमा गाँउगएपछि मार्तडी सुनसान जस्तै बनेको छ । स्थानिय बाहेक सबै घर गएपछि सदरमुकाम सुनसान जस्तै भएको छ । सुरक्षा निकायको मात्र उपस्थित देखिने गरेको छ । बाकि सबै कार्यलयका कर्मचारी बिदामा घर गएपछि सुनसान जस्तै बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार