• होमपेज
  • राजनीति
  • सभामुखमा ओनसरीको सम्भावना बलियो, नेम्वाङ तुम्बाहाम्फेलाई बनाउन लविङमा

सभामुखमा ओनसरीको सम्भावना बलियो, नेम्वाङ तुम्बाहाम्फेलाई बनाउन लविङमा

  • आइतवार, अशोज १९, २०७६
सभामुखमा ओनसरीको सम्भावना बलियो, नेम्वाङ तुम्बाहाम्फेलाई बनाउन लविङमा

काठमाडौं– प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महराको राजिनामापछि रिक्त सभामुख पदमा नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल नेकपामा छलफल सुरु भएको छ । नेकपाकाभित्र सभामुख नियुक्तीको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कानुन व्यवयासीसंग समेत परामर्श सुरु गरेका छन् ।

dish home
सभामुखमा मुख्यगरी नेकपाका दुई नेताबीच प्रतिस्पर्धा छ । पुर्व माओवादीबाट प्रदेश नम्बर ५ की अध्यक्ष समेत रहेकी पुर्व सभामुख ओनसरी घर्ती र संसदीय दलका उपनेता सुवास नेम्वाङमध्ये एक जनालाई सभामुख बनाउने नेकपाको तयारी छ ।

नेता नेम्वाङले आफु नभएको अवस्थामा नाताले सानी आमा समेत रहेकी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने गरी लविङमा लागेको नेकपाभित्र चर्चा छ । उनिहरुको पारिवारिक बैठकमा समेत तुम्बाहाम्फेलाई सभामुख बनाउने गरी लविङ गर्ने छलफल भएको स्रोतको दाबी छ । तुम्बाहाम्फे नेकपाका सांसद विजय सुब्बाकी सहोदर बहिनी समेत हुन् ।

दुई पार्टीबिच एकता प्रक्रियाको पुरै टुंगो नलागेको भन्दै पुर्व माओवादीले उक्त पद आफ्नो भागमा परेको तर्क गर्दै आएको छ । हाल पुर्व एमालेबाट राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुखजस्तो जिम्मेवार पद भागमा परेका छन् भने पुर्व माओवादीबाट मुख्य पदमा नभएको अवस्थामा त्यो पद आफुले नियुक्त गर्न पाउनुपर्ने दाबी पुर्व माओवादीका नेताहरुको दाबी छ ।

नेकपाको विदेश विभाग प्रमुख समेत रहेका केन्द्रिय सदस्य विष्णु रिजालले पार्टी एकताको भावना र मर्मअनुसार सभामुखको चयन हुनुपर्ने बताउंछन् ।

पार्टी एकता गर्दाको सहमतिअनुसार सभामुख पद पूर्व माओवादी केन्द्रले पाएको थियो । नेपालको संविधान २०७२ को धारा ९१ (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार त्यतिबेला तत्कालीन एमाले र माओवादीबीच क्रमशः उपसभामुख र सभामुखको बण्डा भएको थियो । पार्टी एकता भइसक्दा पनि दुवै पार्टीले भागबण्डा गरेर नै शक्ति बांडफांड गर्दै आएका छन् ।

उपसभामुखलाई व्यवस्थापन गरेर अघि बढ्ने तयारी नेकपा नेतृत्वको छ । नेकपाका नेताहरुले सभामुख कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । त्यो अवस्थामा पूर्व माओवादी खेमाले नै सभामुख पाउने सम्भावना धेरै छ ।

नेकपा स्थायी समिति सदस्य मणि थापाले पनि पुर्व माओवादीको भागमा परेको सभामुख पद नछोड्ने बताए । सभामुखको लागी नेताहरु अग्नी सापकोटा, लेखराज भट्ट,टोपबहादुर रायामांझी, हरिबोल गजुरेल, देव गुरुङ र पम्फा भुसाललगायत आकांक्षी छन् । तर, सभामुख हुंदा नेतृ ओनसरी घर्तीले सवैको अनुमानविपरित संसदको नेतृत्व गरेकाले पनि उनलाई नै जिम्मेवारी दिनुपर्ने तर्क पनि एकथरीको छ ।

घर्तीले सभामुखको भूमिकामा रहंदा सन्तुलित ढंगले संसद सञ्चालन गरेको भन्दै उनको प्रशंसा भएको थियो । घर्तीलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्ड दुवैले भरोसा गर्ने र समावेशीताको लागी समेत राम्रो सन्देश जाने भएकाले उनको सम्भावना अरुभन्दा नेकपाभित्र बलियो छ । दशैलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पुर्नगठन गर्ने लगभग निश्चित भएको अवस्थामा शक्ति बांडफांड पनि नयां ढंगले हुने अनुमा धेरैको छ । त्यो अवस्थामा प्रधानमन्त्री ओलीले आफुले भरोसा गर्ने र परिणाम दिन सक्नेलाई मात्र आफ्नो टिममा राख्ने तयारी गरेको स्रोतको दाबी छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र योगेश भट्टराई बाहेक सबैलाई बिदा दिने गरी समेत छलफल भइरहेको बतांइन्छ । त्यसो हुंदा पुर्व माओवादीबाट सभामुखका आकांक्षी रहेका सापकोटा,भट्ट र जनार्दन शर्माहरु मन्त्री बन्नेछन् । त्यसले पनि घर्तीलाई सभामुख बन्न सजिलो हुने माओवादी स्रोतको दावी छ ।

पुर्व एमालेले सभामुखमा पनि आफुले बन्न पाउनुपर्ने तर्क गर्दा एकता प्रक्रिया नै समस्या पर्न सक्ने भएकाले पनि बखेडा झिक्ने पक्षमा नरहेको बताइन्छ । महराको यौन काण्डसंगै पूर्व सभामुख नेम्वाङ चर्चामा आएपनि उनले निकटस्थहरुसंग आफु नबन्ने बतांउने गरेका छन् । उनले महरालाई पार्टीले चिन्दैन् भन्ने अभिव्यक्ति दिएपछि पूर्व माओवादीभित्र उनको आलोचना भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार