बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मोडल वाच : मोडलिङ होमिदै करिश्मा

मोडल वाच : मोडलिङ होमिदै करिश्मा

  • शनिबार, अशोज १८, २०७६
मोडल वाच : मोडलिङ होमिदै करिश्मा

पछिल्लो समय मोडलिङमा भविश्य खोज्दै कलाक्षेत्र रोज्ने युवायुवतीको भिड लागेको छ । ती मध्यकी एक हुन् सुदूरपश्चिम अछामकी करिश्मा रावल ।

सानैदेखि अन्य भन्दा फरक लुक बनाउन चाहने उनी फोटोका पोजहरु सजिलै दिन सक्छिन् ।

एयरहोस्टेज बन्ने लक्ष्यका साथ बानेश्वरस्थित एक एयर होस्टेज ट्रेनिङ सेन्टरबाट भर्खर कोर्स पुरा गरेकी उनी मोडलिङमा पनि भिज्न चाहन्छिन् ।

५ फिट २ इच उचाहीकी उनले मोडलिङका लागि ¥याम्प ट्रेनिङ पनि लिएकी छन् ।

२१ वर्षीया करिश्माको रुचि सामाजिक कार्यतिर पनि रहने गरेको छ । केही म्युजिक भिडियो अभिनय गर्ने तरखरमा आफु रहेको बताउने उनी अभिनय र मोडलिङ रुचिको विषय भएको बताउँछिन् ।

चर्चामा

सम्बन्धित समाचार