शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गजल वाचनमा उमेश पहिलो सद्भावका लागि शुभकामना आदान प्रदान

गजल वाचनमा उमेश पहिलो सद्भावका लागि शुभकामना आदान प्रदान

  • शुक्रबार, अशोज १७, २०७६
गजल वाचनमा उमेश पहिलो सद्भावका लागि शुभकामना आदान प्रदान

सामाजिक सद्भावका लागि शुभकामना आदान प्रदान कार्यक्रम तथा खुला गजल वाचन कार्यक्रम सञ्चालन गरिएको छ । सुदूर साहित्य प्रतिष्ठान बाजुराले जेबी मिडिया प्रालिसँगको सहकार्यमा बडादशैं, तिहार र छठ पर्वको अवसरपारी मार्तडीमा कार्यक्रमको आयोजना गरेको हो । सामाजिक सद्भाव, भाइचारा, र आपसी मेलमिलापका सन्देश दिने गरि सिर्जना वाचन तथा खुला गजल प्रतियोगिता सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् । प्रतिष्ठानले गएको वर्ष झै यो वर्षपनि शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको हो । जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको छ । साँस्कृतिक पर्वहरुलाई सिर्जनासँग जोडेर आपसी सहकार्य र भाइचाराको वातावरण निर्माणमा साहित्यले ठूलो सहयोग पुग्ने समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताएका छन् । मनोरञ्जनका नाममा हुने अत्याधिक खानपान र भड्कीलो पारा देखाउने र हुनेहरुका लागि मात्र दशैं रमाईलो हुने परम्परा तोड्दै सबैका लागि र सधैका लागि सद्भाव कायम राख्न शुभकामना आदान प्रदान कार्यक्रमले सकारात्म सन्देश दिने प्रमुख रोकायाको भनाई छ । बोल्ने वक्ताहरुले मौलिक चाड पर्वलाई रसिलो र रमाईलो तथा संस्कारिलो रुपमा मनाउन आग्रह गरेका छन् । समाजसँग नजिक हुने र समाजको मर्मलाई सजिलै शब्दमा उतार्जसक्ने क्षमता भएका साहित्यकारहरुबाट जाने सन्देश प्रति समाजको विश्वास रहने पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंहले बताएका छन् । शुभकामना आदान प्रदान कार्यक्रममा खुला गजल वाचन प्रतियोगिता पनि आयोजना गरिएको हो । १२ जना प्रतिस्प्रर्धीले भाग लिएको प्रतियोगितामा प्रतिष्ठानले प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान ल्याउनेलाई प्रमाण पत्र तथा पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा बझागं जिल्ला घर भई नेपाल प्रहरीमा कार्यरत उमेश अवस्थी प्रथम भएका छन् । सामाजिक सद्भाव र विकृति विषयमा प्रतिस्पर्धा गराईएकोमा अवस्थीले प्रथम स्थान हात पारेका हुन् । त्यस्तै बडिमालिका नगरपालिका ३ रजाली प्रर्मीला खड्का द्धितीय भएकी छन् । भने मार्तडीका प्रेम नेपाली तृतीय भएका छन् । रेडियो बाजुरामा कार्यरत रमित विक सान्त्वना स्थान ल्याएका छन् । वीरबहादुर विष्ट, धिरेन विक र कृष्ण ओली निर्णायकमा बसेका थिए । प्रतियोगितामा विनिस्था धामी, आशा कुमारी थापा, जनक बोहरा, राजेन्द्र रोकाया, पुष्पा पाध्याय, ईश्वर नाथ, रामबहादुर विकले पनि भाग लिएका थिए । सोही अवसरमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बाजुराका अध्यक्ष नरबहादुर विक र गणेश चौतारीले गीत प्रस्तुत गरेका थिए । भने रिता शाहीले गजल वाचन गरेकी थिईन् । कार्यक्रममा ५० बढी साहित्य सिर्जनासँग सम्बन्धीत व्यक्तिहरु सहभागि थिए ।

चर्चामा

सम्बन्धित समाचार