• होमपेज
  • बाजुरा बिशेष
  • बजारको डिपोमा चामल फालाफाल, दुर्गमका डिपोमा चामल छैन

बजारको डिपोमा चामल फालाफाल, दुर्गमका डिपोमा चामल छैन

  • शुक्रबार, अशोज १७, २०७६
बजारको डिपोमा चामल फालाफाल, दुर्गमका डिपोमा चामल छैन

प्रकाश सिंह
बाजुराका बजारमा रहेका खाद्य संस्थानको डिपोमा चामल प्रयाप्त छ भने दुर्गमका डिपोमा चामल छैन् । दुर्गममा रहेको हिमाली गाँउपालिकाको कवाडी डिपोमा ४ महिना देखी एक दाना पनि चामल छैन् । तर सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानको डिपो र कोल्टि डिपोमा भने चामल फालाफाल अबस्थामा रहेका छन् ।
मार्तडीमा रहेको डिपोमा गएको आर्थिक बर्षको चामल मात्र २४ सय कुन्टल छ, भने कोल्टिमा २५ सय कुन्टल मौजात रहेको खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले वताएका छन् । जहाँ अभाब छ, त्यहाँ चामलको दाना छैन्, जहाँ बिक्रि नै हुदैन त्यहाँ चामल फालाफाल रहेको छ । मार्तडी र कोल्टिमा बजारको पहुँच रहेको छ, खाद्य संस्थानको खासै बिक्री हुदैन्, मेखराज ओझाले वताए । कवाडीमा आबश्यक हुन्थ्यो त्यहाँ चामलको कोटा नै कम हुने गरेको उनले वताए । आफुहरु भन्दा पनि केन्द्रले कोटा निर्धारण गर्ने उनले वताए ।
दशै र तिहारको लागि खाद्य संकट नहोस भनेर २ सय कुन्टल चामल कोल्टि डिपो बाट जान लागेको खाद्य संस्थान बाजुराले जनाएको छ । ढुवानी गर्ने जिम्मा पाएको अंकित निर्माण सेवाले एक दुई दिनमा चामल पुयाईसक्ने संस्थानले वताएको छ । सोना मंसुलि चामल कवाडीमा प्रतिकेजी ५१ मा बिक्रि हुने कार्यलयले जनाएको छ ।
जहाँ खाद्य संकट हुन्छ त्यहाँ चामलको कोटा नै छैन्, चामल आबश्यक नहुने ठाँउमा जति भएनि के गर्ने हिमाली गाँउपालिकाकी उपाअध्यक्ष चन्द्रकला बुढाले वताएकि छन् । बाजुराको सबै भन्दा बढि खाद्य संकट र सडक भन्दा निकै टाढा रहेको हिमाली गाँउपालिका हो । हिमाली गाँउपालिकाको कवाडी डिपोमा असार यता एकदान चामल नआएपछि गाँउमा खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ । हिमाली गाँउपालिका ४ कवाडीमा डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्ने २ दिन सम्म लाग्ने गरेको छ ।
खााद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागि ३५ सय कुन्टलको टेन्डर गरिसकेको केही दिनमा सम्झौता भएर चामल जाने वताए । सुर्खेत खाद्य संस्थान बाट ९ सय, धनगढी संस्थान बाट ९ सय, मार्तडी बाट ९ र कोल्टि डिपो बाट ८ सय ढुवानी अनुदानका लागि टेन्डर गरिएको उनले वताए ।
फोटो क्यापसन
गोधाम भरि चामल बिक्रि नभएर मार्तडी गोदाममा थन्किएका चामल र चामल नभएको कवाडी डिपोको गोधाम
प्रकाश सिंह । बाजुरा

चर्चामा

सम्बन्धित समाचार