बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • गौहत्या प्रकरणबारे छानविन प्रतिवेदन सार्वजनिक

गौहत्या प्रकरणबारे छानविन प्रतिवेदन सार्वजनिक

  • बिहिबार, अशोज १६, २०७६
गौहत्या प्रकरणबारे छानविन प्रतिवेदन सार्वजनिक

नेपालगञ्ज- नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाई–गोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित छानविन समितिले आज प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा उच्च अदालत बार एसोसियसन नेपालगञ्जका अध्यक्ष अधिबक्ता विकास आचार्यको संयोजकत्वमा गठित छानविन समितिले मेयर डा.धवल शमशेर राणालाई बुझाएको प्रतिवेदनमा व्यवस्थापकीय कमजोरीका कारण गाई–गोरु मरेको निष्कर्ष निकालिएको छ ।

सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

गाई–गोरुको हत्या नियोजित रुपमा गरेको नभई समयमै अपनाउनु पर्ने सतर्कता नअपनाई लापरबाही गरिएको कारणबाट हुन गएको देखिएको सार्वजनिक प्रतिवेदनमा भनिएको छ । भदौ १२ गते राति नेपालगञ्जदेखि २ सय ९१ वटा गाईगोरु आठ वटा ट्रकमा राखेर दैलेख लैजाने क्रममा ३९ वटा गाई–गोरुको मृत्यु भएको छानबिन समितिले जनाएको छ ।

सरकारले गृह मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा गठन गरेको छानबिन समितिले केही दिनअघि नै प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार