बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • सांसद शान्ता चौधरीले ल्याइन आफ्नै भोगाईका गित (भिडियोसहित)

सांसद शान्ता चौधरीले ल्याइन आफ्नै भोगाईका गित (भिडियोसहित)

  • बिहिबार, अशोज १६, २०७६
सांसद शान्ता चौधरीले ल्याइन आफ्नै भोगाईका गित (भिडियोसहित)

काठमाडौँ – सत्तारुदल नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी र भगवति न्यौपानेद्वारा लिखित गीतका श्रव्यदृष्य सामाग्रीहरु सार्वजनिक गरिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहबीच गीत सार्वजनिक गरिएका हुन् ।
एकसाथ रिलिज गरिएका चारवटा गीतमा दुईटा सांसद चौधरीले र दुईटा न्यौपानेले लेखेकी हुन् । सांसद चौधरीले आफ्नो जीवनको पूवाद्र्धमा कमलरी बस्नुपर्दाको पीडा र जीवनको कष्टकर घडीमा निकटतम स्वजनले छाड्दाका दुःख गीत मार्फत् प्रस्तुत गरेकी छिन् । आफ्नै जीवनको अनुभूति लेखिएका भएपनि ‘कोही बाँच्छन् काँडाबीच’ र ‘निर्दयी रैछौ’ गीतले धेरैका साझा भावना समेटेका छन् । यसैगरी न्यौपानेले देशलाई समृद्धिको दिशातर्फ लैजान मरिमेटेका प्रधानमन्त्री केपी ओलीको सपना र अडानमाथि ‘सलाम तिमीलाई’ गीत लेखेकी छिन् । अर्को देशभक्तिले ओतप्रोत गीत ‘देशका लागि’ छ ।
सांसद चौधरीद्वारा सिर्जित दुवै गीतमा गायिका अञ्जु पन्तको स्वर रहेको छ । न्यौपानेद्वारा रचित एउटा गीतमा शिशिर योगी र अर्कोमा बद्री पंगेनीको स्वर रहेको छ । सबै गितमा संगित अहिलेका लोकप्रिय संगितकार सन्तोष श्रेष्ठको संगित रहेको छ । गीतका म्युजिक भिडियो समेत निर्माण गरिएका छन् । म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने कलाकार गजेन्द्र विष्ट र रेजिना उप्रेतिको अभिनय छ । राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियोहरुको सम्पादन विष्णु शर्माले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार