शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • दशै मनाउन अपागं परिवारलाई आर्थिक र खाद्यान सहयोग ।

दशै मनाउन अपागं परिवारलाई आर्थिक र खाद्यान सहयोग ।

  • बुधबार, अशोज १५, २०७६
दशै मनाउन अपागं परिवारलाई आर्थिक र खाद्यान सहयोग ।

बाजुरा १५ असोज : जिल्ला प्रहरी कार्यालय बाजुराले एक अपागं परिवारलाइ दशै मनाउन खद्यान्न लगायत नगत सहयोग गरेको छ ।
जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ९ मार्तडी घर भएका शारीरीक रुपमा अपागं दान बहादुर खत्री र उनकी धर्म पत्नी पार्वती थापालाई दशै मनाउन जिल्ला प्रहरी कार्यालय बाजुराको तर्फबाट सहयोग गरेको हो । सहयोग स्वरुप रकम  ६ हजार पाचँ सय र ५० किलाे चामल ५ किलाे दाल र ५ लिटर तेल उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए । जिल्ला प्रहरी कार्यालय बाजुरा नागरिको सुरक्षा सु शान्ती स्थपना संगै पछाडी परेका बर्ग र अनाथ अपागंहरुलाई समेत सहयोग गर्दै आएको नागरिक समाजका अगुवाहरुले बताउदै आएका छन् ।
जिल्ला प्रहरीको रातादिन जनताको जिउधनको सुरक्षा संगै सहयोगले राहत मिलेको नागरिक अगुवाको भनाई रहेको छ । सहयोगार्थ सहयोग गरेको खाद्यान्न तथा नगद बुझ्दै दान बहादुरले भने प्रहरीले गरेको यो सहयोगले मलाइ ठुलो राहत भएको महसुस गरेको बताए ।
आफु अपागं श्रीमती दृष्टीबिहीन साना छोराछोरी कसरी दशै मनाउला भन्ने सोचेको थिए भगवानले दया देखेर यती ठुलो राहत पाए आखा भरी आशु झार्दै खत्रीले भने । खुसीका आशु थाम्न नसकी सहयोग गर्ने सबैलाई खत्रीले धन्यवाद समेत ब्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार