शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल तरुण दलद्बारा दशै तथा तिहारको शुभकामना आदान प्रदान

नेपाल तरुण दलद्बारा दशै तथा तिहारको शुभकामना आदान प्रदान

  • बुधबार, अशोज १५, २०७६
नेपाल तरुण दलद्बारा  दशै तथा तिहारको शुभकामना आदान प्रदान
तरुण दल बाजुराले आयोजना गरेको शुभकामना आदान प्रदान गर्दै सहभागिहरु ।

नेपाल तरुण दल बाजुराको आयोजनामा नेपालीहरुको महान चाड दशैँ तथा शुभदिपावलीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । आज जिल्ला सदरमुकाम मार्तडीमा सम्पुर्ण राजनितिक दलका पदाधिकारी, सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी , शिक्षक संघका पदाधिकारी, महिला संघ, दलित संघ, नेविसंघका पदाधिकारी लगायतले एक आपसमा टिका ग्रहण गर्दै शुभकाना आदान प्रदान गरिएको छ । तरुण दलका अध्यक्ष कुम्भनाथ योगीको अध्यक्षतामा संचालन भएको कार्यक्रमामा पुर्व संविधान सभा सदस्य महा नेपाली प्रमुख अतिथि रहनुभएको थियो ।
दशैँ तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व संविधान सभा सदस्य महा नेपाली, समन्वय प्रमुख नरेन्द्र कुमार रोकाया, नेपाली काँग्रेसका संगठन विभिाग प्रमुख धनराज पण्डित, वडिमालिका नगरपािलकाका उपप्रमुख कविता विष्ट, महाधिवेशन प्रतिनिधि राधिका सिंह, नेपाल महिला संघका अध्यक्ष अमृता सिंह, नेपाली काँग्रेस जिल्ला कार्य सदस्य दिपा बोहरा, डिएलएका अध्यक्ष हर्क खडायत, बुढीनन्दा ७ का अध्यक्ष अशोक दानी लगायत कार्यक्रममा सहभागि सम्पुर्णले मन्तव्य सहित एक आपसमा शुभकामना बाँडेका थिए ।
सोही कार्यक्रममा नेपाल शिक्षसंघका पुर्व अधयक्ष मिन धामी लगायत बोल्ने सबै वक्ताहरुले दशैँ तथा तिहार नेपालीहरुको महान चाड भएकाले कसैले पनि मदिरा सेवन नगरी हर्षउल्लासका साथ मनाउन आग्रह गरेका छन् । नेपाल तरुण बाजुराका सचिव हिरेन्द्र रोकायाले संचालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनबहादुर सार्की, कायृपािला सदस्य जयन्ती हमाल, टेड युनियन बाजुराका सचिव मथुरा पण्डित, वडा नं १ का अध्यक्ष रामबहादुर काकी, दिपक रोकाया, दिलीप थापा, नेपाल प्रहरकिा असई कर्ण बहादुर बुढा, धनलाल पाध्याय लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव गंग कार्कीले राख्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार