• होमपेज
  • समाचार
  • दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

  • बुधबार, अशोज १५, २०७६
दसैंका लागि १० दिनमा १० लाख बाहिरिए

टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् ।

दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८६७ यात्रु बाहिरिएका छन् ।

६ लाख ९१ हजार ६४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४६७ सवारी साधन सवारी साधन यात्रु बोकेर बाहिरिएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार