• होमपेज
  • समाज
  • अब एकल पुरुषलाई पनि भत्ता

अब एकल पुरुषलाई पनि भत्ता

  • बुधबार, अशोज १५, २०७६
अब एकल पुरुषलाई पनि भत्ता

हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ ।

एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भने ।

स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको बताए ।

झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन् । ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं ।’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार