बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रवास
  • दुबई बाट आयो सबै नेपालीको मन रुवा उने खबर : बस दुर्घ टनामा परि ६ जना नेपालीको मृ त्यु

दुबई बाट आयो सबै नेपालीको मन रुवा उने खबर : बस दुर्घ टनामा परि ६ जना नेपालीको मृ त्यु

  • मङ्लबार, अशोज १४, २०७६
दुबई बाट आयो सबै नेपालीको मन रुवा उने खबर : बस दुर्घ टनामा परि ६ जना नेपालीको मृ त्यु

यूएई – यूएईको दुबईमा भएको बस दुर्घटनमा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ ।

ज्यान जाने नेपालीहरुमा रमेश चाैधरी, दानबहादुर सत्याल कृष्णबहादुर पुन नारायणप्रसाल पाेखरेल दीपक विक र नयराम साउद रहेकाे यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुकाे नेपालस्थित ठेगाना भने खुलेकाे छैन ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।

यसरी बिदेशमा रहेर दिनप्रतिदिन ज्यान गुमाउने नेपालीको संख्या बढ्दो रहेको छ | नेपालमा बेरोजगार ब्याप्त भएपछि नेपाली युवाहरु बिदेशिन बाध्य भएका छन् |

चर्चामा

सम्बन्धित समाचार