• होमपेज
  • बाजुरा बिशेष
  • नेकपा नगर कमिटि सचिव सहित ६ जना जुवाडे पक्राउ

नेकपा नगर कमिटि सचिव सहित ६ जना जुवाडे पक्राउ

  • सोमवार, अशोज १३, २०७६
नेकपा नगर कमिटि सचिव  सहित ६ जना जुवाडे पक्राउ

बाजुरा १३असोज– सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं शाही, बडीमालिका नगरपालिका वडा ९ का चन्द्र बहादुर थापा, धिरेन्द्र बहादुर शाही, रनदिप बुढा, जगत भण्डारी र स्वामिकार्तिक वडा नं.२ का हिक्मत बुढालाई पक्राउ गरेकाे हाे । जुवा संगै  राखेको नगद ३० हजार ७ सय नगद र ताससहित बरामद गरीएको छ । पक्राउ परेका उनीहरुकाे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताएका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको भाटले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार