शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ

बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ

  • आइतवार, अशोज १२, २०७६
बझाङमा भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ

बझाङ – जिल्लामा आफ्नै भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी, बझाङले जनाएको छ ।

पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयले बताए ।

उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप सहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

कक्षा ९ मा अध्यनरत बालिका माथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।

बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार