शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीमा बस दुर्घटना, २१ जना घाइते

बैतडीमा बस दुर्घटना, २१ जना घाइते

  • आइतवार, अशोज १२, २०७६
बैतडीमा बस दुर्घटना, २१ जना घाइते

बैतडी,११ असोज –
बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेहरुमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ बर्षीया सितादेवी चन्द, ६६ बर्षीय किसन दयाल , १२ बर्षीय साजन दयाल,१५ बर्षीय नरेस सेरला,३१ बर्षीया दिवानी ओड रहेका छन् ।

यस्तै गाडीका सहचालक डडेल्धुराका २७ बर्षीय केशव साँउद र ५५ बर्षीय भारतीय नागरिक जगत सिंह चौहान पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । गम्भीर भएका सातै जनालाई जिल्ला बाहिर रेफरको तयारी भएको उहाँले बताउनुभयो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

महेन्द्रनगरवाट मेलौलीका लागी छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिवार बिहान ३ बजे दुर्घटनामा परेको हो । बसका चालक फरार रहेका छन् ।

सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउवाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेका थिए । बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ ।

चर्चामा

सम्बन्धित समाचार