शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • टप ६ मा पर्न सफल बाजुराका पबिन्द्र, लोकस्टार बाट रुदै बाहिरिए दिपेन्द्र

टप ६ मा पर्न सफल बाजुराका पबिन्द्र, लोकस्टार बाट रुदै बाहिरिए दिपेन्द्र

  • शुक्रबार, अशोज १०, २०७६
टप ६ मा पर्न सफल बाजुराका पबिन्द्र, लोकस्टार बाट रुदै बाहिरिए दिपेन्द्र

बाजुरा १० असोज :  ‘लोकगीत यस्तै हुनुपर्छ भन्ने छैन, लोकगीतको एउटै नियम, लय र भाका पनि हुन्न । लोकको आवाज र जिवनयापनलाई समेट्ने गीत लोकगीत हो । यस श्रृङखलामा बाजुराका पबिन्द्र सुनार टप ६ मा पर्न सफल भएका छन् ।


लोकस्टार कार्यक्रमको २८ औ श्रृङखलामा उत्कृष्ट ७ जनाले धमाकेदार प्रस्तुती दिए । जसमा रामकुमार नेपाली, पविन्द्र सुनार, शनि विश्वकर्मा, चेतन गोतामे, रविराज शाह, विनोद दनुवार, दिपेन्द्र राइको प्रस्तुती थियो । सातैजनाको गायकी उत्कृष्ट छ । नेपालभर छरिएर रहेको लोक भाका, मौलीक लय र संस्कृतिको जगेर्नाको लागी लोकस्टार कार्यक्रमको शुरु भएको हो । शुक्रवारको कार्यक्रममा एकजना बाहिरिने नियम नै छ । यसैले पनि होला सातै प्रतियोगीहरु केहि सिरियस देखीन्थे । आफुलाई अव्वल स्थापीत गर्ने कोषिसमा थिए ।
शुक्रवारको कार्यक्रम सुदुर पश्चिमेली भाका देउडा विशेष थियो । देउडा गायक नन्दकृष्ण जोशिले पुरानो मौलीक देउडा गुनगुनाउदै कार्यक्रमको दैलो उघारे । मधेशी समेदायका रविराज शाहले भोजपुरी संस्कृतिको भाका सुनाएका थिए भने अन्य ६ जना प्रतियोगीले देउडा लयमा आफुलाई समेटे । विहिवारको कार्यक्रममा लेकै जाने लेकाली डाफे वोलको गीतमा अव्वल प्रस्तुती दिएर पफरमर अफ दि डे प्राप्त गर्न सफल रामकुमार नेपाली शुक्रवार देउडा लयमा पनि उत्तिकै जमेका थिए ।
सांगीतीक माहोलको गरम गरमाओटले स्टुडीयो भित्रको माहोल तातेको थियो । दर्शकदिर्घामा बसेका लोक पारखीहरु मन्त्रमुग्ध बनेका थिए । लोकसंगीतको उल्लासमा नाच्नलाई तम्तयार छन् । निर्णायकको स्थानमा जयनन्द लामा, विवि अनुरागी, रामजी खाड, सुनीता दुलाल र अतिथी आशनमा देउडा गायक नन्दकृष्ण जोशि उपस्थित थिए । कार्यक्रम सञ्चालकको भुमिकामा छन् नरेश भट्टराई र सुगरिका केसी ।
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । जात अनुसारको संस्कृति, धर्मअनुसारका रितीरिवाज ले नेपाली लोकसंगीत भरिपुर्ण छ । स्थानीय लवज, रैथाने भाषाका अनेक धुनहरुको संगम हो नेपाल ।
पुर्वमा मारुनी भाका घन्कन्छ, हाक्पारे गुन्जीन्छ । पश्चिममा देउडा, झ्याली र दोहोरी भाकाले समाजको एकता वोल्छ । उत्तरमा तामाङसेलोमा दिदिबहिनी रमाउछन् त दक्षिणको मैथली संगीतले मधेश संस्कृतिलाई झल्काउछ ।
दिपेन्द्र बाहिरिए
पुर्वेली भाका खास गाउँछन् दिपेन्द्र राई । भोजपुरका रैथाने राई सयुक्त परिवारमा हुर्केका हुन् । उनको घरमा दुईजना आमाहरु र डेढ दर्जन सन्तान छन् । गत असारमा उनको बुवाको मृत्यु भएको थियो । उनको स्वरमा रहेको ‘बुट्टेचोली’ नामक सोलो एल्वम बजारमा छ । उनले करिव ३५ जती पुर्वेली गीतमा आवाज दिएका छन् । केहि अगाडी बजारमा आएको वेल्टार बजार भन्ने गीतले दिेपेन्द्र राइलाई संगीतको सर्कलमा चिनायो । इटहरी र धरानलाई सागीतिक कर्मथलो बनाउदै आएका राई पुर्वमा आफ्नो परिचय बनाउदै थिए । संगीतमा करियर बनाउनकै लागी करिव १० बर्ष अघि नै उनले घर छाडेका हुन् । औपचारिक रुपमा कुशेस्वर राई, गणेश रिजाल, लगायतका संगीतकार सँग संगीत पनि सिकेका छन् उनले ।
पश्चिमेली भाका अफ्ठारो लाग्ने राईलाई पुर्वेली भाका भने गुनगुनाउन सजीलो लाग्छ । आधुनिक गीत गाउन पनि अव्वल छन् । आफ्नो संस्कार संस्कृतिलाई र भाका, धुनलाई नजिकबाट चिन्ने मौका लोकस्टारले दिएको बताउने राई स्थानीय तहमै बसेर बसेर निरन्तर साधना गरिरहेका थिए ।


कहिले भोजपुर पुग्थे त कहिले धरान, या भारतको सिक्कीममा पनि स्टेज कार्यक्रममा पुग्थे । जित्ने भन्दा पनि सिक्ने चाहनाले लोकस्टारमा सहभागी भएको बताउने राई लोकस्टारको शुरुवाती कार्यक्रम देखी नै दर्शक र जजहरुको मनमा बसेका थिए । शुक्रवारको कार्यक्रममा उनले दोधारा झोलुङ्गे पुल वोलको देउडा गीतमा नै स्वर दिएका थिए । कार्यक्रम वाट आउट हुनेको नाममा आफ्नो नाम परेपछि कार्यक्रम स्थलमै उनी भक्कानियका थिय। केही महिनाअघि दिवगत भयका बाबुलाई सम्झदै उनले आफुलाई उत्कृष्ट ६ सम्म पुर्याउने सवैलाई धन्यवाद व्यक्त गरेका थिय । विहिवार लोकस्टार कार्यक्रममा ‘चलेछ बतास सुस्तरी’ नामक गीत गायर दर्शकको ताली र जजहरुको प्रशंसा पाएका दिपेन्द्र शुक्रवारको कार्यक्रमबाट भने बाहिरिएका छन् । लोकस्टार कार्यक्रममा टप १० को नतिजा पछि जनताले पठाएको भोटका आधारमा उत्कृष्ट छनौट गरिने आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार