शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • पविन्द्र सुनारले मागे लोक स्टारको उत्कृष्ट ६ का लागि भोटको अपिल

पविन्द्र सुनारले मागे लोक स्टारको उत्कृष्ट ६ का लागि भोटको अपिल

  • शुक्रबार, अशोज १०, २०७६
पविन्द्र सुनारले मागे लोक स्टारको उत्कृष्ट ६ का लागि भोटको अपिल

बडिमालिका खबर
नेपाल लोक स्टारको उत्कृष्ट ६ का लागि भोटको अपिल गरेका छन् । बाजुराका पविन्द्र सुनार उत्कृष्ट ७ मा पर्न सफल भएर आज हुने अडिसनको मतदानका लागि उनले भोटको अपिल गरेका हुन ।
शुक्रवार राती हुने अडिसनमा उत्कृष्ट ६ को छनोट हुने भएको छ । उत्कृष्ट ६ का लागि पविन्द्रले सुरक्षित स्थान बनाइदिन सम्पुर्णमा अनुरोध गरेका छन् । बाजुरा मात्र नभई शुदुरपश्चिम प्रदेश बाट नेपाल लोक स्टारमा पविन्द्र सुनार मात्र रहेका छन् ।
सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए । उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए । साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिसनको यात्रा गरेको थियो । अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार