शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम सरकारद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

सुदूरपश्चिम सरकारद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

  • बिहिबार, अशोज ९, २०७६
सुदूरपश्चिम सरकारद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकारले प्रहरीका लागि भन्दै खरिद गरिएका गाडी हस्तान्तरण गरेको छ। बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी तारणी प्रसाद लम्साललाई गाडी हस्तान्तरण गरेका हुन्। मन्त्री शाहले डिआईजी  लम्साललाई गाडीको साँचो हस्तान्तरण गरे।

प्रदेश सरकारले गत आर्थिक वर्षमा तीन करोड ३२ लाख ९१ हजार प्रहरीका लागि नौँ वटा गाडी खरिद गरेको थियो। अब प्रहरीले ती गाडी नौ वटै जिल्ला प्रहरी कार्यालयलाई वितरण गर्नेछ। प्रदेश सरकारले गाडी खरिद गरेको दुई महिना पछि हस्तान्तरण गरिएको हो। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शाहले प्रदेश प्रहरी गठन नभएकाले संघिय सरकार मातहतको प्रहरीलाई गाडी हस्तान्तरण गरिएको बताए। मन्त्री शाहले भने, ‘संघीय संसदले प्रदेश प्रहरी गठनका लागि ऐन पारित गरेको छ।

प्रमाणीकरणको प्रक्रियामा छ। व्यवस्थापनका लागि पनि कानून पारित भएको छ। सुदूरपश्चिम प्रदेश सभाले पनि प्रदेश लोकसेवा आयोगको ऐन बनाएको छ। त्यसैले प्रदेश प्रहरी गठनका लागि समस्या छैन्।’ प्रदेश प्रहरी प्रमुख डिआईजी तारणीप्रसाद लम्सालले प्रत्येक जिल्लालाई एक गाडी हस्तान्तरण गर्ने बताए। ‘प्रदेश प्रहरी गठनको प्रक्रिया सुरु भएको छैन्। प्रदेश सरकारले गाडी खरिद गरिसकेको थियो। हामीले गाडी हस्तान्त्रण गर्न आग्रह गरेका हौ।’ दशैँ–तिहारका बेला सुरक्षा व्यवस्था मजवुत बनाउन प्रहरीको सक्रियतामा सहयोग पुग्नेछ उनको भनाई थियो। यसअघि मंगलबार प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रहरीका लागि भन्दै खरिद गरिएका गाडी हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार