बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट ‘फ्लाइट डिले’ हुँदा माफी माग्दै राजीनामा !

मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट ‘फ्लाइट डिले’ हुँदा माफी माग्दै राजीनामा !

  • बुधबार, अशोज ८, २०७६
मेक्सिकोमा मन्त्रीका कारण ३८ मिनेट ‘फ्लाइट डिले’ हुँदा माफी माग्दै राजीनामा !

मेक्सिको सिटी : पर्यटनमन्त्री योगेश भट्टराईका कारण उड्न तयारी अवस्थामा रहेको जहाज ढिलो भएपछि जहाजभित्रै उनको विरुद्धमा नारावाजी भयो ।

अहिले सामाजिक सञ्जालमा योगेशको पक्षमा र विपक्षमा टिकाटिप्पणी हुँदैछ । यस्तैमा योगेशको व्यवहारबाट असन्तुष्टहरुले सामाजिक सञ्जालमा एउटा विदेशी समाचारलाई भाइरल नै बनाएका छन् ।

मेक्सिकोमा केही महिनाअघि मात्रै यस्तै किसिमको घटना भएको रहेछ । जोसेफा गोन्जालेज नाम गरेकी वातावरणमन्त्रीका कारण जहाज उड्न ३८ मिनेट ढिलो हुँदा उनले राजीनामा नै दिइन् ।

जनतामा लोकप्रिय मानिएकी गोन्जालेजबाटै लापरवाही भएपछि अन्ततः राजीनामा दिन बाध्य भएकी थिइन् । यसबारे द गार्जियन लगायत अन्तर्राष्ट्रिय मिडियाले समाचार बनाएका छन् ।

खासमा जोसेफा मेक्सिको सिटीबाट मेक्सिकलीतर्फ उडने तयारीमा थिइन् । तर उनले ३८ मिनेट ढिलो गर्दा अरु धेरै यात्रुलाई समस्या परेपछि उनले आत्मालोचना गरेकी थिइन् । यतिसम्म कि, सरकारबाटै ‘आत्माग्लानीको अवस्था’ भन्दै उनको गल्ती औंल्याइएको थियो । जहाज डिले भएकोबारे एक यात्रुले ट्वीटरमा समेत सार्वजनिक गरेका थिए ।

‘एरोमेक्सिको फ्लाइट’को त्यो उडान डिले भएपछि ती यात्रुले एकजनाका कारण १ सय ९८ जनाको उडानमा असर परेको भन्दै टिप्पणी गरेका थिए । यस्तो घटनापछि मन्त्रीले राजीनामा पत्र लेख्नै माफी समेत मागेकी थिइन् ।

मेक्सिकन आम जीवनमा आफ्नो कारणले असर पुगेको भन्दै उनले माफी मागेकी थिइन् । उनले लेखेकी थिइन्, ‘प्रमाण देखाइरहनु जरुरी छैन । मेक्सिकोको सही रुपान्तरणका लागि स्थायीत्व, वास्तविकताको मुल्य र न्याय आवस्यक हुन्छ ।’

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार