शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हिमाली
  • बिच्छँयाका धेरै गाँउ स्वास्थ्य सेवा बाट बिमुख

बिच्छँयाका धेरै गाँउ स्वास्थ्य सेवा बाट बिमुख

  • बुधबार, अशोज ८, २०७६
बिच्छँयाका धेरै गाँउ स्वास्थ्य सेवा बाट बिमुख

प्रकाश सिंह
हिमाली गाँउपालिका १, २ र ३ तथा साविकको बिच्छँयाका धेरै गाँउ स्वास्थ्य सेवा बाट बिमुख रहेका छन् । सरकारले निशुल्क आधारभुत्त स्वास्थ्य सेवा सबै नागरिकले पाउने ब्यबस्था गरेको छ । तर सर्वाबाधिक बिकट रहेको बिच्छँयाका धेरै बासिन्दा सामान्य स्वास्थ्य सेवा बाट बिमुख बन्दै आएका छन् ।
हिमाली गाँउपालिका अधिकांश गाँउहरु स्वास्थ्य सेवा बाट बञ्चित रहेको गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । हिमाली गाँउपालिका १, २, ३ र ४ वडाका धेरै बस्तिहरु स्वास्थ्य सेवा बाट बञ्चित हुदै आएको स्थानियले वताएका छन् । वडा नम्बर १ कोट गाँउ बाट स्वास्थ्य चौकी पुग्न एकदिन लाग्ने गरेको छ, बिरामी ल्याउन र लिन पनि समस्या हुने गरेकाले जडिबुटिको भर पर्नु परेको स्थानिय नानी बोहाराले वताएकि छन् ।
हिमाली गाँउपालिका ४ किउडी गाँउका ८० परिवार र बच्छँया गाँउका ८५ परिवार पनि स्वास्थ्य चौकी बाट बिमुख रहेका छन् । रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमि प्रेमकला मल्लले भनिन्, ति गाँउ बाट स्वास्थ्य चौकी पुग्न एक दिन भन्दा बढि समय लाग्ने भएकाले सामान्य स्वास्थ्य सेवा समेत नपाउने गरेको उनले वताईन् । बर्षातमा त यि गाँउमा खोप सेवा बन्द हुने गरेको स्वास्थ्य चौकीले वताएको छ । भौगोलिक बिकटताले निकै टाढा भएकाले स्वास्थ्य सेवा बाट बिञ्चत हुने गरेका छौ, स्थानिय लालमति बोहोराले घरमै बच्चा जन्माएको वताईन् । स्वास्थ्य चौकी टाढा भएकाले बच्चा समेत घरमै पाँउने गरेको उनले वताईन् । किउडि गाँउमा अहिले सम्म एकजना महिलाले पनि स्वास्थ्य संस्थामा बच्चा नपाएको उनले वताईन् ।
बाजुराको सर्वाधिक बिकटमा रहेको हिमाली गाँउपालिका ३ गुम्बा गाँउका बासिन्दा भने सधै जडिबुटिको भर पर्ने गरेका छन् । वडा नम्बर दुई बिच्छँयामा रहेको स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्ने गरेको छ, जानआउन पनि समस्या भएकाले स्वास्थ्य सेवा बाट बञ्चित रहेको वडा सदस्य जगत लामाले वताए । सिटामोल जिवनजल लिनका लागि दुईतिन दिन खर्च गर्नुपर्ने हुन्छ त्यो भन्दा त जडिबुटिको भरमा उपचार गर्ने गरेको लामाले वताए । गुम्बा गाँउका २६ परिवारका २ जना बसोवास गर्ने गरेका छन् ।
धेरै अप्ठयारो भए मात्र स्वास्थ्य चौकी लिने गरेका छौ, नभए घरमै उपचार गर्ने गरेका छौ हिमाली गाँउपालिका कि उपाअध्यक्ष चन्द्रकला बुढाले वताईन् । गाँउपालिका धेरै महिलाहरु स्वास्थ्य चौकी टाढा भएकाले घरमै बच्चा जन्माउने गरेका छन्, स्वास्थ्यकर्मी बिना सुडेनीले सुत्केरी गराउने गरेको बुढाले वताईन् । धेरै टाढा टाढा गाँउ भएकाले स्वास्थ्यको पहुँच पुयाउनमा निकै समस्या भएको हो । गाँउपालिकाले केही ठाँउमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरीरहेको उनले वताईन् ।
त्यस्तै स्वामीकार्तिक गाँउपालिका जगन्नाथ गाँउपालिका, बुढिन्नदा नगरपालिका धेरै गाँउ स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा रहेका छन् । न्युनतम चार पाँच घण्टा समय लाग्ने धेरै गाँउ रहेका छन्, उनिहरुले सहज रुपमा स्वास्थ्य सेवा पाँउन नसकेको जगन्नाथ गाँउपालिकाले जनाएको छ ।
हिमाली गाँउपालिका धेरै गाँउ स्वास्थ्य सेवा बाट बिमुख भएकाले घरमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । आर्थिक बर्ष ०७५।०७६ मा संस्थागत सुत्केरी ६९ जना मात्र रहेको स्वास्थ्य संयोजक धर्म बुढाले वताएका छन् । यो धेरै कम रहेको धेरै महिलाले घरमै बच्चा जन्माउने गरेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार