बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सरकार संविधानको विपिरत अगाडी बढेको युवा नेता पाण्डेको आरोप

सरकार संविधानको विपिरत अगाडी बढेको युवा नेता पाण्डेको आरोप

  • मङ्लबार, अशोज ७, २०७६
सरकार संविधानको विपिरत अगाडी बढेको युवा नेता पाण्डेको आरोप

स‌‌‌गिता तिमिल्सेना

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका सभासद बद्री प्रसाद पाण्डेले अहिलेको सरकार संविधानको समेत विपरित अगाडी बढेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान कार्यक्रमलाई समापन गर्दै उहाँले यस्तो वताएका छन् ।
उनले जागरण अभियान मार्फत सरकारलाई सचेत गराउन चाहेको बताए । सरकार दुश्चक्रमा हिड्नाले देश र जनताले दुःख पाएकाले आगामी दिनमा काँग्रेसले सृजनशिल भएर हिड्नुपर्ने र सरकारलाई घच्घच्याई शिक्षा स्वास्थ लगायतका सम्पुर्ण क्षेत्रमा सरकारको ध्यान आर्कषण गराउनका लागि जागरण अभियान संचालन गरिएको वताए । साथै उहाँले नेपाल कम्युनिष्ट पार्टिी कती विपरित दिशामा जादै छ भन्न्ो कुरा चिनीया राष्ट्रपतीसंगको भेट वार्ताले बताएको पनि उहाँको धारणा राखेका थिए ।
समग्रमा युवा नेता बद्री प्रसाद पाण्डेले आगामी दिनमा एकतावद्ध भएर अगाडी बढे पक्कै पनि काँग्र्रेस सफल हुने विश्वास पनि व्यक्त गरे । उहाँले नेपाल काँग्रेसमा सत्तामा गएपछि राम्रो काम गरेर सफल भएको देख्न सकिने वताए । यसैगरी पार्टी सभापती कविराज पण्डितले प्रहरी प्रशासनबाटै पनि बाजुरेली जनताहरु तड्पीएको वताए । सरकार नै नालायक, भष्ट्र भएकाले छाया पनि जनतामाझ त्यस्तै गरेको आरोप लगाए । बाजुरा जिल्लामा शान्ती सुरक्षा पनि माथीकै नेताहरुको अर्डर बमोजिम संचालित भएको उहाँको आरोप थियो । उहाँले नेकपा चिनीयाको कम्युनिष्ट पार्टीबाट प्रभावित भएको आरोप लगाउनुभयो । त्यस्तै पुर्व सांसद देवराज जोशीले देशमा जती काण्ड छन् ती सबै दुई तिहाईको सरकारको उपहार भएको वताए । त्यसैगरी जागरण प्रतिनिधि बल बहादुर कुँवरले जागरण अभियानले सुनकाण्ड, निर्मलाकाण्ड, वाइडबढी काण्ड, भृकुटीमण्डकाण्ड जस्ता दबाएर राखेका काण्हरु बाहिर ल्याउने प्रयास भएको वताए । कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले अहिलेको सरकारले गरेका गतिविधहरुको जनविरोधि भएकाले तत्काल सुर्धान चेतावनी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार