शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • लैङ्गिक हिंसा, समाज र खोज पत्रकारिता विषयक तालिम सुरु

लैङ्गिक हिंसा, समाज र खोज पत्रकारिता विषयक तालिम सुरु

  • मङ्लबार, अशोज ७, २०७६
लैङ्गिक हिंसा, समाज र खोज पत्रकारिता विषयक तालिम सुरु

जिल्ला सदरमुकाम मार्तडीमा लैङ्गिक हिंसा, समाज र खोज पत्रकारिता विषयक तालिम सुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारहरुको सहभागितामा जिल्लामा रहेका लैङ्गिक हिंसा, अहिलेको समाजको विषयमा खोजी पत्रकारी कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजना र संचारिका समुह नेपाल, युएनएफपीए, र नर्वेजियन एम्बेसीको सहयोगमा तालिम संचालन गरिएको संचारिका समुहका नितु पण्डितले बताउनुभएको छ ।
तालिममा आज संचारको महत्व, तत्व, प्रकार, तह, आम संचार, समचार, समचारले गर्ने काम, पत्रकारको गुण, समचारमा द्धन्द्धको कारण,समचार कसरी खोज्ने भन्ने विषयमा पत्रकारहरु जानकारी गराइएको छ भने संचार संकटमा कसरी पर्छ, निष्पक्ष समचारको महत्व केहा?खोज पत्रकारिता कसरी के हो? ,पत्रकारीताको इतिहास, पत्रकारले गर्न नहुने कार्यहरुको बारेमा जानकारी गराइएको छ । भने हाम्रो समाजमा लिङ्गका आधारमा पनि विभिन्न किसमिका हिंसा हुने भएकाले हिंसाका सवालमा कलम चलाएर समाजलाईृ कसरी परिवर्तन गर्ने भन्नेबारे प्रशिक्षण भैरहेको छ ।
तालिम अवधिभर लैङ्गिक हिंसा र समाजको अन्तरसम्बन्ध के हो र पत्रकारका कलम मार्फत समाजका विकृतीलाई कसरी बाहिर ल्याउने भन्ने विषयमा छलफल गरिने मुख्य प्रशिक्षक तिर्थ कोइरालाले बताउनुभएको छ । आजबाट संचालन भएको तालिम वडिमालिका नगरपलिकाको तालिमहलमा संचालन भैरहेको छ । तालिम ९ गतेसम्म संचालन हुने आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार