शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?

प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?

  • सोमवार, अशोज ६, २०७६
प्रहरी कागजात अख्तियारको नियन्त्रणमा, के–केमा छानबिन ?

लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकोले आफैँ गएर नियन्त्रणमा लिइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार