बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • धनगढीका कमलले मलेसियामा जिते रजत पदक

धनगढीका कमलले मलेसियामा जिते रजत पदक

  • आइतवार, अशोज ५, २०७६
धनगढीका कमलले मलेसियामा जिते रजत पदक

कैलाली : मलेसियामा सम्पन्न ५औँ अन्तर्रा्ष्ट्रिय गोजुरियो करातेमा धनगढीका कमल ओलीले नेपालका लागि रजत पदक जितेका छन्। ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतलाई पाखा लगाउँदै अगिल्लो चरण प्रवेश गरेका थिए। सेमिफाइनलमा फ्रान्सलाई हराउँदै उनि फाइनल पुगेका थिए। फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले पराजित हुँदै नेपालका लागि पहिलो रजत पदक दिलाउन सफल भए। प्रतियोगितामा नेपालको हालसम्म पदक तालिकामा १ रजत रहेको छ। कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन्। ओली धनगढी उपमहानगरपालिका २ सन्तेषीटोलका स्थानीय हुन्। यो पदक गोजुरियो करातेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठुलो पदक भएको मलेसियाबाट अन्तर्रा्ष्ट्रिय रेफरी प्रकाश चन्द जानकारी गराउनुभयो।

चर्चामा

सम्बन्धित समाचार