• होमपेज
  • सुचना प्रबिधी
  • पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

  • आइतवार, अशोज ५, २०७६
पत्रकार पण्डित र पुन सुप्रवल जनसेवा श्रीबाट विभुषित हुने

ललितपुर । संचारिका समूहका अध्यक्ष नीतु पण्डित र पत्रकार महासंघका सचिव लक्ष्मी पुन सुप्रवल जनसेवा श्री (चतुर्थ) बाट विभुषित हुने भएका छन् ।

पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पण्डित र पुन विभुषित हुने भएका हुन् ।

सरकारले पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा मानपदवी र पदकद्वारा विभुषित गर्ने घोषणा गरेका ६ सय ३४ व्यक्तिको सूचीमा पण्डित र पुनको नाम समावेश गरेको छ ।

यस्तै वरिष्ठ पत्रकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचार विभागका उपप्रमुख सूर्य थापा, वरिष्ठ पत्रकार एवं प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ पत्रकार गोपाल गुरागाइँ, वरिष्ठ पत्रकार गोविन्दसिंह थापा, बानका अध्यक्ष चन्द्र न्यौपाने, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत लगायतका पत्रकार पनि मानपदवी र पदकद्वारा विभुषित हुँदैछन् ।

यो सम्मान आगामी बैशाख महिनामा प्रदान गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार