बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ७ मा प्रभुराज बाहिरीए

बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ७ मा प्रभुराज बाहिरीए

उपाधी जित्ने ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्

  • शनिबार, अशोज ४, २०७६
बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ७ मा प्रभुराज बाहिरीए

नेपाल लोक स्टारको उत्कृष्ट ७ मा बाजुराका पविन्द्र सुनार परेका छन् । बाजुराका अर्का प्रतिस्प्रधि प्रभुराज पाण्डेय बाहिरिएका छन् ।
शुक्रवार भएको अडिसनमा उत्कृष्ट ७ को छनोटमा पविन्द्रले सुरक्षित स्थान बनाएका हुन्, भने प्रभुराज बाहिरिएका छन् । शुक्रवार बाजुराका दुबै प्रतिस्प्रधिले स्थानिय कला प्रस्तुत गरेका थिए । बाजुरा मात्र नभई शुदुरपश्चिम प्रदेश बाट नेपाल लोक स्टारमा पविन्द्र सुनार मात्र रहेका छन् ।
पाण्डेय काठमाडौँ अडिसनबाट प्रतियोगितामा सहभागी भएका हुन् भने सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए । लोकगीत र संगीतप्रति पहिलेदेखि नै रुचि राख्दै आएका पाण्डेय भने २०७० सालदेखि संगीतमा सक्रिय छन् । काठमाडौँ, दरबारमार्ग्स्थित ‘किङ प्यालेस’ मा दोहोरी गाउँदै आएका उनले अहिलेसम्म पाँच वटा गीत बजारमा ल्याईसकेका छन् ।
साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिसनको यात्रा गरेको थियो । अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार