शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्टक
  • दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर

दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर

  • शुक्रबार, अशोज ३, २०७६
दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर

काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । तीज सकिएपछि सामान्य घटेको कालिमाटी बजारमा तरकारीको मूल्य असोज लागेपछि बढ्न थालेको छ ।

कालिमाटी बजारमा प्याज, भन्टा, बोडी, घिरौला, घिउ सिमी, आलु, तितो करेला, लौका, फर्सि लगायतका तरकारीको मूल्यमा वृद्धि भएको हो ।

भदौ १ गते ४६ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा विक्री भइरहेको प्याजको मूल्य आज आइपुग्दा १ सय ३ रुपैयाँ पुगेको हो । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार खुद्रा बजारमा प्याजको मूल्यमा ६० रुपैयाँसम्ममा वृद्धि आएको छ । खुद्रा बजारमा भदौसम्म ५५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको प्याज आज १ सय १५ रुपैयाँ प्रतिकेजी चुलिएको हो ।

तितो करेल १२ रुपैयाँ प्रतिकेजीबाट ७८ रुपैयाँ प्रतिकेजी पुगेको छ । तितो करेलामा ६० रुपैयाँ मूल्य वृद्धि भएको छ । करेला खुद्रा बजारमा ३५ रुपैयाँ प्रतिकेजीबाट ९५ रुपैयाँ प्रतिकेजीमा बढेको छ ।

भन्टा २८ रुपैयाँ प्रतिकेजीबाट बढेर ७८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । भन्टामा १०७ प्रतिशतले मूल्य वृद्धि भएको हो । खुद्रा बजारमा भन्टाको मूल्य प्रतिकेजी ४५ रुपैयाँबाट बढेर ८५ रुपैयाँमा पुगेको हो ।

बोडी ३५ रुपैयाँ प्रतिकेजीबाट ७८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । बोडिमा ५२ प्रतिशत मूल्य वृद्धि भएको हो । बोडीमा खुद्रा बजारमा ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । खुद्रा बजारमा बोडी ५५ रुपैयाँ प्रतिकेजीबाट बढेर १ सय ५ रुपैयाँमा पुगेको छ ।

घिउ सिमी ४८ रुपैयाँ प्रतिकेजीबाट ७८ रुपैयाँ प्रतिकेजीमा मूल्य पुगेको छ । घिउ सिमीमा ६२ प्रतिशतले मूल्य वृद्धि भएको हो । घिउ सिमीमा ३० रुपैयाँ मूल्य वृद्धि भएको छ । भदौसम्ममा ७५ रुपैयाँ प्रतिकेजी खुद्रा मूल्यमा विक्री भइरहेको घिउसिमी हाल १ सय ५ रुपैयाँ प्रतिकेजीमा पुगेको हो ।

लौका कालिमाटी होलसेल बजारमा ३३ रुपैयाँबाट ४८ रुपैयाँमा आकासिएको हो । खुद्रा बजारमा लौकाको मूल्य ५५ रुपैयाँ प्रतिकेजीबाट ७५ रुपैयाँमा पुगेको छ । लौकामा २० रुपैयाँ बढेको हो ।

घिरौला २५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ प्रतिकेजी होलसेल मूल्यमा कालिमाटी बजारमा विक्री भइरहेको छ । घिरौला खुद्रा बजारमा ४५ रुपैयाँबाट ७५ रुपैयाँमा पुगेको छ । घिरौलामा ३० रुपैयाँ मूल्य वृद्धि भएको हो ।

त्यससँगै बन्दा ३३ रुपैयाँ प्रतिकेजीबाट ४८ रुपैयाँ प्रतिकेजीमा बढेको छ । बन्दामा ४५ प्रतिशतले मूल्य वृद्धि भएको हो । खुद्रा बजारमा बन्दाको मूल्य ५५ रुपैयाँबाट ६५ रुपैयाँमा पुगेको छ।

फर्सि ३८ रुपैयाँबाट बढेर ५८ रुपैयाँमा पुगेको छ । फर्सिको मूल्य खुद्रा बजारमा ५५ रुपैयाँ प्रतिकेजीबाट ७५ रुपैयाँमा पुगेको छ । फर्सिमा २० रुपैयाँ मूल्य वृद्धि भएको हो ।

भिण्डी ३८ रुपैयाँबाट ६८ रुपैयाँमा पुगेको छ । खुद्रा बजारमा भिण्डीको मूल्य ३० रुपैयाँ बढेको छ । भिण्डीको मूल्य ६५ रुपैयाँबाट ९५ रुपैयाँमा बढेको हो ।

भेडे खुर्सानी ६५ रुपैयाँबाट ९८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । कालिमाटी फलफुल तथा तरकारी बजारका अनुसार भेडे खुर्सानीको खुद्रा मूल्यमा ५० रुपैयाँ वृद्धि भएको छ । खुद्रा बजारमा भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकेजीबाट बढेर १ सय २५ रुपैयाँमा चुलिएको हो ।सुख्खा लसुन १ सय ५५ रुपैयाँबाट १ सय १९५ रुपैयाँमा बढेको हो ।

यस्तै होलसेल बजारमा आलुको मूल्य नबढे पनि खुद्रा बजारमा भने आलुको मूल्य बढेको छ । आलुको मूल्य कालिमाटीको खुद्रा बजारमा ४५ रुपैयाँबाट ६८ रुपैयाँ प्रतिकेजी पुगेको छ । आलुमा २३ रुपैयाँ बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार