शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गैरीफन्टा नाकामा चाडपर्व लक्षित सहायता कक्ष स्थापना

गैरीफन्टा नाकामा चाडपर्व लक्षित सहायता कक्ष स्थापना

  • शुक्रबार, अशोज ३, २०७६
गैरीफन्टा नाकामा चाडपर्व लक्षित सहायता कक्ष स्थापना

गौरीफन्टा नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको छ। दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रुपमा गौरीफन्टा नाकामा सहायता कक्ष स्थापना गरेका हुन्। चाडपर्वका समयमा घर फर्किने नेपालीहरुलाई समस्या नहोस भन्नका लागि गौरीफन्टा नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

‘नेपालीहरुबाट विद्युतीय रिक्सा चालकले बढि रकम लिने गरेको खबर आएको छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘गौरीफन्टाबाट धनगढी जाने यात्रुहरुलाई लाग्ने खर्चका बारेमा पनि हामी जानकारी दिन्छौ।’ सुरक्षित आवागमनका लागि समेत सहायता कक्षले टेवा पुगाउने विश्वास उनको छ। दशैँ, तिहारमा भारतबाट फर्किने नेपालीसंगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षमा रहेका दुबै देशका प्रहरी अधिकारीले सहयोग गर्ने बताइएको छ।

नेपाल प्रहरीका अधिकारीहरुलाई निर्देशन दिदै कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले भने–‘समस्या लिएर नागरिक तपाई ठाँउ हैन्, तपाई समस्यामा परेका नागरिक ठाँउ जानुपर्छ। नागरिकले नाकामा कुनै किसिमको समस्या पाउनु हुदैन्, उनीहरु सहज रुपमा गन्तव्यमा पुग्नुपर्छ।’ चाडपर्वका बेला भारतबाट फर्किने नेपालीहरुमाथि सीमा नाकामा दुव्र्यवहार गर्ने गरेको गुनासो आउने गरेका छन्। सिमा नाकामा लुटपाट हुने, सुरक्षा अधिकारीले हैरानी गर्ने, सामान्य विषयमा पनि बिवाद गर्ने र रकम असुल गर्ने लगायतका गुनासोहरु प्रत्येक वर्ष दशैँ–तिहारमा आउने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार