• होमपेज
  • पर्यटन
  • ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट सार्वजनिक

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट सार्वजनिक

  • बिहिबार, अशोज २, २०७६
‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट सार्वजनिक

नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिङ्कडइन पनि सञ्चालनमा ल्याइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरुको जानकारी दिने उद्देश्यका साथ तयार पारिएको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका ह्याण्डलहरुको एकैसाथ शुभारम्भ गरेको हो।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाइटहरुमा  www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन्।

यस्तै सामाजिक सञ्जालको ह्याण्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन्। यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाइटहरुको पनि शुभारम्भ गरिएको बताए। ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाइटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपालसम्बन्धी जानकार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय व्यक्तिहरुको पनि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ। मन्त्री भट्टराईले यी वेबसाइटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन दिए।

मन्त्री भट्टराईले यसअघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार