शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • चिकित्सक बिहिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र

चिकित्सक बिहिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र

अहेबको भरमा स्वास्थ्य सेवा

  • बुधबार, अशोज १, २०७६
चिकित्सक बिहिन कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र
फोटो क्यापसन । स्वामीकार्तिक गाँउपालिका ३ वटा बिरामी बोकेर उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लग्दै ।

बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकबिहिनबनेको छ । संस्थामाकार्यरत चिकित्सक डा. गणेश चौधरी समायोजन भएर गएपछि तिनहप्ता देखी स्वास्थ्य केन्द्र चिकित्सकबिहिनबनेको छ ।
चिकित्सक सँगै स्वास्थ्य केन्द्रमा कार्यरत एचए सन्तोष पण्डित र स्टाफ नर्स गंगा खत्री पनि बिदामा बसेपछि अहिले अहेबले प्राथमिक स्वास्थ्य केन्द्र चलाइरहेका छन् । डाक्टर सरुवा भएर गए, नयाँ आउने कुनै ठेगान छैन्, एचए र स्टाफ नर्स पनि बिदामा रहेकाले अहिले आफुले संस्था चलाइरहेको अहेब लोकेन्द्र न्याउपानेले वताएका छन् । संस्थामा दैनिक ८० जति बिरामी आउने गरेका छन, उपचार गर्न निकै धौ धौ भएको लोकेन्द्रले वताए ।
चिकित्सक नहुँदा बिरामीले सास्ति बेहेर्नु परेको छ । उपचारकालागिआउने बिरामी आउने गर्छन्, चिकित्सक नभएकै कारण नेपालगञ्ज, मार्तडी रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख लोकेन्द्र न्याउपानेले वताए । हिमाली गाँउपालिका २ रुम्दीकी रीमकला खडका उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आफन्तले पुयाए । त्यहाँ चिकित्सक नहुँदा अहेबले जेनतेन उचपार गरिरहेका छन्, अन्यन्त्र लिन पैशा नभएकाले यतै उपचार गरिरहेको रीमकलाका श्रीमान धर्मलाल खडकाले वताए ।
कोल्टि प्राथकि स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी दर बन्दि अनुसार पनि छैनन् । एक जना डाक्टरको दरबन्दि हो त्यो पनि रिक्त रहेको छ । एचएर स्टाफ नर्स विदामा छन् । तिन जना अहेबको दरबन्दि भए पनि १ जना मात्र कार्यरत रहेका छन् । त्यस्तै ३ जना अनमी मध्ये दुई जना मात्र रहेका छन् । बिरामीको चाप निकै रहेको छ । अन्य स्वास्थ्यकर्मी समेत नहुदा उपचारमा समस्या भएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह, हुम्ला, कालिकोट र मुगुका जनतालाई सेवा दिदै आएको छ । यो क्षेत्रको नमुना स्वास्थ्य चौकीका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा उपचारका लागि महँगो हवाई भाडा तिरेर नेपालगञ्ज जानु परेको बुढिन्नदा नगरपालिका १ का वडा अध्यक्ष नृपराज खत्रीले वताए । अर्को मार्तडी कोल्टि सडक बर्षात अबरुद्ध हुँदा समदरमुकाम मार्तडी लगायत अन्य ठाँउमा लिन पनि समस्या भएको छ । बाजुराको हुम्ला, मुगु र कालिकोटका ५० हजार जनसंख्यालाई यो स्वास्थ्य केन्द्रले सेवा दिदै आएको छ, चिकित्सक नहुँदा सरकार बेखबर रहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् ।
त्यो क्षेत्रमा पोष्टमार्टम गर्नु परेमा पनि जिल्लाल्याउनु पर्ने अबस्था रहेको छ । बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले भनिन्, चिकित्सक ल्याउनका लागि पहल भइरहेको वताईन् । प्रदेश र संघसँग समन्वय गरिरहेका छौ, केही समयमा ब्यबस्था हुने वताएकी छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने पहल त भइरहेको छ, समायोजनले स्थानिय रोजेका चिकित्सक नै छैनन्, अहिले ब्यबस्थाप नगर्न पनि कठिन हुने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार