शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • विष्णु माझीको गीतमा केकीको अभिनय (भिडियो)

विष्णु माझीको गीतमा केकीको अभिनय (भिडियो)

  • बुधबार, अशोज १, २०७६
विष्णु माझीको गीतमा केकीको अभिनय (भिडियो)

काठमाडौं : पछिल्लो समय फिल्म क्षेत्रमा चर्चित रहेका नायक नायिकाहरु लोक तथा दोहोरी गीतमा अभिनय गर्न थालेका छन्। कुनै बेला नेपाली लोकगीत भनेपछि नाक खुम्च्याउने युवा जमात अहिले नेपाली लोक शैलीका गीतमा झुम्न थालेका छन्। फिल्ममा पनि लोक गीतका भाकाहरु समावेश हुन थालेका छन्।

यसैबीच लोकप्रिय गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको ‘गुलाबको फूल’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ। युनिक भोजराज विकको शब्द तथा संगीत रहेको गीतमा नायिका केकी अधिकारीले अभिनय गरेकी छिन्।

अभिनयमा उनलाई गम्भीर विष्ट र सुरज श्रेष्ठले साथ दिएका छन्। निश्चल केसीको निर्देशन रहेको गीतको कोरियोग्राफि विष्टले गरेका हुन्।

भिडियो…

चर्चामा

सम्बन्धित समाचार