आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • नेपाली अभिनेत्री परमिता तेलुगू फिल्म खेल्दै

नेपाली अभिनेत्री परमिता तेलुगू फिल्म खेल्दै

  • बुधबार, अशोज १, २०७६
नेपाली अभिनेत्री परमिता तेलुगू फिल्म खेल्दै

नेपाली : अभिनेत्री परमिता आरएल राणाले तेलुगु फिल्ममा खेल्ने गर्ने भएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै परमिताले तेलुगु सिनेमामा ‘इन्ट्रि’ हुन लागेको जानकारी गराएकी हुन् ।

तेलुगू फिल्म इन्डस्ट्रिलाई टलिउड पनि भनिन्छ । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्ने जानकारी गराएकी छिन् । यसको मतलब परमिता र गोपीचन्दको जोडी पर्दामा जम्नेछ।

बन्न लागेको चलचित्रलाई शुक्रबार हैदरावादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । यही फिल्मबाट बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यू गर्दैछन् । बिग बजेटको सिनेमालाई विभीएसएन प्रसादले निर्माण गर्दैछन् । आफ्नो तेलुगु डेब्युलाई लिएर निकै उत्साहित बनेको अभिनेत्री परमिताले बताएकी छिन् ।  

शुभ–मुहूर्तको तस्विर फेसबुकमा सेयर गर्दै रमिताले लेखेकी छन्, ‘प्रतिष्ठित एसबीसीसी फिल्मस्को ब्यानरबाट निर्माण हुने फिल्ममा तेलुगु सुपरस्टार गोपीचन्द जस्ता स्टार कलाकारसँग समानन्तररुपमा पर्दा सेयर गर्न पाउँदा सम्मानित महशुस गरेकी छु ।’

अर्को वर्षको जुनबाट फिल्मको नियमित छायाँकन सुरु हुनेछ । एक्सन–थ्रिलर जनरामा निर्माण हुने सिनेमामा मणि शर्माले संगीत भर्नेछन् ।    चलचित्र चपली हाइटको सिक्वेल चपली हाइट २ बाट परमिताले नेपाली फिल्ममा डेब्यु गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार