मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

  • मङ्लबार, भदौ ३१, २०७६
बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

प्रकाश सिंह
बाजुरा जिल्ला नेपालको सबै भन्दा बढ गरिबि भएको जिल्ला हो । नेपालीको औषत आयू ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयू ५९ दशमलव ५ छ । तर गरिबि जिल्ला पहिचान सँगै मदिरा धेरै बिक्रि हुने जिल्लाका रुपमा समेत चिनिन थालेको छ । सधै खाद्यन्न संकटको रुपमा मार खेपिरहने बाजुरामा एक महिनामा २ करोड भन्दा बढिको मदिरा कारोवार हुने गरेको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । उद्योग बाणिज्य संघ बाजुराका टेक बहादुर धामिले भने डेढ करोड देखी २ करोड सम्मको बिक्रि हुने गरेको वताए ।
अनुमित लिएका पसल बाट त न्युनतम एक महिनामा २ करोड भन्दा माथि बाजुरामा मदिरा खपत हुन्छ, त्यो सँगै लाखौ रुपैयामा स्थानिय मदिरा पनि बिक्रि हुने गरेको मार्तडीमा मदिराको होलसेल ब्यापारि धर्म कुवरले वताए । बाजुरामा मदिरा पसलको अनुमित लिएको ८ सय ४१ रहेको कोष लेखा नियनत्रण कार्यलय बाजुराले जनाएको छ । पसल नबिकरण बाट मात्र ३५ लाख भन्दा बढि राजस्व संकलन हुने गरेको निमित्त कोष लेखा नियन्त्रक धन बहादुर थापाले वताएका छन् । यति धेरै पसल दर्ता छन्, केही भएपनि महिनामा एक करोड भन्दा बढि मुल्यको मदिरा खपत हुने गरेको थापाले वताए ।
८ सय ४१ मदिराका पसल मध्ये १२ पसल मात्र भ्याटमा दर्ता भएका छन् । भ्याटमा दर्ता भएका धर्म कुवरले भने बार्षिक ५० लाख भन्दा बढि मदिराको कारोवार गर्ने मात्र भ्याटमा जाने गरेको वताए । त्यो भन्दा तल कारोवार गर्ने त भ्याटमै दर्ता नहुने गरेको उनको भनाई छ, यसले गर्दा पनि २ करोड भन्दा माथिको मदिरा बिक्रि हुने गरेको वताए । कोल्टि बजारमा मदिरा थोक बिक्रेता गरिरहेका मंगल थापा भन्छन्, मासिक तिस देखी चालिस लाख सम्मको मदिरा बेच्ने गरेको वताए । मंगल थापा जस्तै थोक बिक्रेता जो भ्याटमा दर्ता भएका छन् । घरमा तरकारी दुध किन्नु भन्दा मदिरा खान तयार हुन्छन्, गरिबि बनाउने मुख्य कारण एउटा मदिरा पनि रहेको नागरिक समाजका अगुवा लक्ष्मण जोशीले वताएका छन् ।
स्थानिय अबैध मदिराको कुनै हिसाबकिताब नै छैन् । जिल्ला प्रहरी कार्यलय बाजुराले २०७५ गएको कार्तिक देखी अहिले सम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपि उद्धब भाटले भने बाजुरामा घरेलु अबैध मदिरा निकै मात्रा बनाउने गरेको वताए । घरेलु मदिरा खाद्यन्नको बनाउने गरेका रहेछन्, खाद्यन्नको जोहो भन्दा पनि मदिरा बनाउनमा प्रयोग हुने गरेको उनको भनाई छ । बाजुरा गरिबि र खाद्य संकट जिल्ला भन्नु मात्र रहेछ, खाद्यन्न भन्दा बढि मदिरा बिक्रि हुने रहेछ उनको भनाई छ ।
बाजुराका केहि स्थानिय तहले मदिरा बन्द गरेको भएपनि लुकिछिपि बिक्रि हुने गरेको छ । जिल्लाका त्रिबेणी, बुढिगंगा, हिमाली, जगन्नाथ गाँउपालिकाले मदिरा बन्द गरीसकेको छ । त्यस्तै गौमुल गाँउपालिकाले मदिरा ब्यबस्थित गर्न मदिरा परिचय पत्र दिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार