बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हिमाली
  • भालुको आक्रमणबाट घाईतेलाई उपचारको लागी नेपालगन्ज लगीयो

भालुको आक्रमणबाट घाईतेलाई उपचारको लागी नेपालगन्ज लगीयो

  • मङ्लबार, भदौ ३१, २०७६
भालुको आक्रमणबाट घाईतेलाई उपचारको लागी नेपालगन्ज लगीयो

बडिमालिका समाचार
बाजुरा ३१ भदौ । बाजुराको हिमाली गाउपालिका ३ गुम्बा गाउँमा भालुको आक्रमणबाट गम्भीर घाईते भएका मंलग भोटे थापालाई उपचारको लागी आज नेपालगन्ज लगीएको छ ।
हिजो जंगलमा बस्तु भाउ चराउन गएको समयमा रामसिंह भोटे थापाका ३५ वर्षिय छोरा मंगल भोटे थापालाई गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी जनक ढुंगानाले जानकारी दिए ।
हिजो नै हेलिकप्टरको कुरा भएको र मौसमी खराबीका कारण आउन नसकेपछि आज साढे बाह्र बजे नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयले बाजुराका प्रमुख प्रहरी नयब उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिए ।
गुम्बा गाउबाट नजिकको बिच्छाय स्वास्थ्य चौकी पु¥याउन तीन दिन लाग्छ,भने प्राथामीक स्वास्थ्य केन्द्र कोल्टि पाँच दिन लाग्छ बोकेर असम्भब भएको हिमाली गाउपालिका ३ का वडा अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।
गुम्बा गाउ बाजुरा जिल्ला सदरमुकामबाट एक सातकोे पैदल दुरीमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार