• होमपेज
  • बाजुरा बिशेष
  • संचालक समितिद्धारा बन्द गरिएको रेडियो आजबाट पुन संचालनमा ।

संचालक समितिद्धारा बन्द गरिएको रेडियो आजबाट पुन संचालनमा ।

  • शुक्रबार, भदौ २७, २०७६
संचालक समितिद्धारा बन्द गरिएको रेडियो आजबाट पुन संचालनमा ।

संगीता तिमिल्सेना
बाजुरा भदौ २७ । गत भदौ २१ गतेसाँझबाट विभिन्न प्राविधिक कारण बस संचालक समितिद्धारा बन्द भएको रेडियो पौरखी आज साँझबाट पुनः संचालनमा आएको छ ।

पौरखी विकास संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुरा आज बसेको संचालक समितिको बैठकले पुराना कर्मचारीलाई नै व्यवस्थापन गरी विभिन्न क्षेत्रमा काम गर्न खटाउने निर्णय गरी आजबाट पुनः संचालनमा आएको संचालक समितिका अध्यक्ष रामचन्द्र यादवले बताए ।

उनका अनुसार पहिले संस्थामा काम गर्ने कर्मचारीको आन्तरिक विवादका कारण रेडियो बन्द गरेर आफुहरुले नँया दरखास्त आह्वान गरी नँया कर्मचारी राख्ने निर्णय गरी रेडियो बन्द गरिएको र कर्मचारीको दबाबपछि पुन सबै कर्मचारीलाई विभिन्न काममा खटाई रेडियोमै व्यवस्थित गर्ने निर्णय गरी रेडियो संचालन गरेको बताइएको छ ।

यता रेडियो पौरखीमा काम गर्ने केही कर्मचारीले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन भने रेडियोमा कार्यरत केही कर्मचारीले पनि संचालक समितिले कुनै ठोस निर्णय नै नगरीकन रेडियो संचालन गरेको र खासै त्यसमा आफुपनि सन्तुष्ट नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । साथै जनताहरुको आवज एका एक बन्द भएपछि श्रोताहरु माझ पर्न गएको असुविधा प्रति सम्पुर्ण रेडियो पौरखी परिवार क्षमा माग्न चाहान्छौँ । संचालक समितिका सहसचिव सुरेन्द्र नाथले बताए ।

नाथका अनुसार अब रेडियो पौरखी पहिले प्रसारण हुँदै आएको समयमा नै नियमति प्रसरण हुने र श्रोताहरुले पनि पुरानै ठेगानामा रेडियोमा सुचना र समाचार पठाउन सकिने बताए ।

चर्चामा

सम्बन्धित समाचार