शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा २ जनामा डेगुं

अछाममा २ जनामा डेगुं

  • शुक्रबार, भदौ २७, २०७६
अछाममा २ जनामा डेगुं

 अछाम २७ भाद्र । अछाम जिल्लामा २ जनामा डेगुंको संक्रमण देखिएको छ । जिल्लाको रामारोशन गाँउपालिका वडा नं. ४ का १० महिने बालक प्रविन परियार मंगलसेन नगरपालिका वडा नं. ९ का सात बर्षिय दिलिप वडमा डेगुंको संक्रमण देखिएको हो ।

देशका बिभिन्न ठाँउमा डेंगुको संक्रमण यत्रतत्र देखिएका बेला अछाममा पनि उपचार तथा परिक्षणका क्रममा २ जनामा डेंगु देखिएको हो । बिरामी भएर उपचारको लागि बयालपाटा अस्पताल ल्याईएका परियार र वड दुबै जनामा डेंगुका लक्षण देखिएको र ल्याब परिक्षण गर्दा डेंगु भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले पुष्टी गर्नुभएको छ ।

       डेंगुको उपचारका लागि स्पेशिफिक औषधी उपचार नभएपनि लक्षणका आधारमा प्राथमिक उपचार गर्न सकिने र त्यहि अनुसार उनिहरुको उपचार पछि रेफर गरिएकोको डाक्टर गौचनले बताउनु भयो । डेंगुबाट बच्न र लाग्न नदिन सरसफाईमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह दिएका छन् ।

       यो रोग मच्छरको कारणले एक अर्कामा सर्ने भएकाले घरवरिपरीका खाल्डा खुल्डी पुर्ने, बातावरण सरसफाई राख्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने लगायतका साबधानी अपनाउन डाक्टर गौचनले सबैलाई सुझाब दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार