• होमपेज
  • बुढीगंगा
  • भाईरलका बिरामी बढेपछि स्वास्थ्यकर्मी र युवा गाउँमै पु्गे औषधी बोकेर ।

भाईरलका बिरामी बढेपछि स्वास्थ्यकर्मी र युवा गाउँमै पु्गे औषधी बोकेर ।

  • शुक्रबार, भदौ २७, २०७६
भाईरलका बिरामी बढेपछि स्वास्थ्यकर्मी र युवा गाउँमै पु्गे औषधी बोकेर ।

पारस रावल
बाजुरा २७ भदौ ।बुढीगंगा नगरपालिका वडा नं २÷३ मा रुघाखोकी तथा भाईरलका विरामी बढेपछि बह्रमतोला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा बुढीगंगा नगरपालिका २ र ३ का युवाहरु औषधी बोकेर जनतालाई सेवा दिन गाउँमै पुगे छन् । भदौ २४ गते ताप्राँ गाउँबाट शिविरको सुरुवात गरेर भदौ २७ गते बजेडी आधारभ्ुत बिधालयमा समाप्त गरिएको युवा सर्कल थापाले बताए । ब्रहमतोला स्वास्थ्य चौकीको प्राविधिक सहयोग र बुढीगंगा नगरपालिका वडा नम्बर २÷३ का युवाहरुको पहलमा शिबिर संचालन गरिएको हो ।


गाउँमै सेवा पाएपछि जनता निकै खुसी भएका ब्रहमतोला स्वास्थ्य ईकाइ प्रमुख आशा थापाले जानकारी दिएकी छन । सामाजिक सेवा गर्ने भावना भएका युवाहरुको साथमा जनताको घरदैलोमा गएर बिरामीको सेवा गर्न पाउदा आफुलाई निकै खुसी तुल्याएको ब्रहमतोला स्वास्थ्य चौकी ईन्चार्ज पुष्प गिरीले बताए ।
शिबिर बाट पाँच सय भन्दा बढी विरामीले सेवा लिएको युवा राकेश थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार