बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • पाल्पाको सिद्धबाबामा पहिरो : एकको मृत्यु, ६ घाइते, दुई जिप पुरिए

पाल्पाको सिद्धबाबामा पहिरो : एकको मृत्यु, ६ घाइते, दुई जिप पुरिए

  • शुक्रबार, भदौ २७, २०७६
पाल्पाको सिद्धबाबामा पहिरो : एकको मृत्यु, ६ घाइते, दुई जिप पुरिए

पाल्पा : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बिहान साढे १० बजेतिर बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जिपका चालक कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा लु २ च ५९३८ नम्बरको निजी स्कारपियो समेत पुरिएको छ । घाइतेलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भएको छ । सिद्धबाबा ड्याम साइड हेड बक्स नजिकै दुर्घटना भएको हो। एक महिना अघिमात्र सोही सडकमा पहिरो जाँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

रातभरी परेको पानीको कारण सिद्धबाबामा पहिरो झरेको हो । पहिरोको कारण राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ ।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार