शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • इलियानाका तस्बिरमा आगो र चट्याङ

इलियानाका तस्बिरमा आगो र चट्याङ

  • शुक्रबार, भदौ २७, २०७६
इलियानाका तस्बिरमा आगो र चट्याङ

मुम्बई : बलिउड अभिनेत्री इलियाना डिक्रुज फिल्मका साथै आफ्ना हट तस्बिरका कारण चर्चामा रहन्छिन्। हालै उनले आफ्ना हट तस्बिर सेयर गरेकी छन्।

उनका यी तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन्। इलियानाका यी तस्बिरमा फिल्म ‘मैं तेरा हिरो’ मा उनका कोस्टार रहेका वरुण धवनले आकर्षक कमेन्ट गरेका छन्।

तस्बिरमा इलियानाले सेतो स्विम सुट लगाएकी छन्। तस्बिरको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘वेटिङ फर द सन टु कम आउट।’ इलियानाको यो तस्बिरमा वरुणले थन्डर (चट्याङ) को संकेत पोस्ट गरेका छन्। इलियानाको यो तस्बिरले सोसल मिडियामा लाइक र सेयर धेरै पाएको छ।

बलिउडका सेलिब्रिटी पनि इलियानाका तस्बिरमा कमेन्ट गरिरहेका छन्। मलाइका अरोराले ‘फायर’ को इमोजी पोस्ट गरेकी छन्। इलियाना अहिले आफ्नो नयाँ फिल्म ‘पागलपंक्ति’ का कारण चर्चामा छिन्।

फिल्मको निर्देशन अनिश बज्मीले गरिरहेका छन्। यसमा उनको साथमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी र पुलकित सम्राट देखिने छन्।

चर्चामा

सम्बन्धित समाचार