• होमपेज
  • देश
  • नगरपालिकाका नगर प्रवक्ता सिंहको गाडीमा आगजनी

नगरपालिकाका नगर प्रवक्ता सिंहको गाडीमा आगजनी

  • शुक्रबार, भदौ २७, २०७६
नगरपालिकाका नगर  प्रवक्ता सिंहको गाडीमा आगजनी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ ।

सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब १ः०० आगजनी गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।”

चर्चामा

सम्बन्धित समाचार