• होमपेज
  • बाजुरा बिशेष
  • मनोमानी भाडा लिने कार्य रोक्न काँग्रेसको माग

मनोमानी भाडा लिने कार्य रोक्न काँग्रेसको माग

  • बिहिबार, भदौ २६, २०७६
मनोमानी भाडा लिने कार्य रोक्न काँग्रेसको माग

बडिमालिका समाचार
बाजुरा २६ भदौ । साँफे–मार्तडी सडकमा संचालन हुदै आएका बस र जीप व्यवसायीहरुले मनोमानी रुपमा लिने गरेको प्रति गरेको जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई माग सहित ध्यानाकर्षण गराएको छ ।
लामो र छोटो दुरीमा संचालन हुदै आएका साँफे–मार्तडी सडकमा चल्ने बस तथा जीपहरुले भाडा मनोमानी लिदा यात्रुहरु मारमा परेको प्रति ध्यान दिदै सो भाडा घटाउन माग सहित ध्यानाकर्षण गराएको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले जानकारी दिएका छन ।
उक्त सडकमा चल्ने बस र जीपहरुले मनोमानी भाडा लिदा महंगो भाडा तिर्न बाध्य भएको भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई काँग्रेस बाजुराका सभापति पण्डितको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमै पुुगेर ध्यानाकर्षण गराएको पार्टी सचिव रनसिं अयडीले बताए ।
धनगढी र महेन्द्रनगरबाट लामो दुरिबाट नियमति संचालन हुदै आएका बसहरुले जिल्लाका स्थानीय यात्रुहरुबाट भाडादर असुल्ने प्रति नेपाली काँग्रेस बाजुराको ध्यानाकर्षण भएकाले तत्काल कानुनी प्रक्रियाबाट व्यथिती रोकि जनतालाई सस्तो भाडामा यात्रा गर्न व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई आग्रह गरेको काँग्रेस प्रदेश सभा‘ख’का सभापति तथा बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहले बताए ।
यातायात व्यवसायीहरुले धनगढी–साँफे र महेन्द्रनगर–साँफे र साँफे–मार्तडीको भाडा दर एउटै भएकाले साँफे मार्तडीको भाडा घटाउन पहल गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ ।
बस तथा जीप व्यवसायीहरुले मनोमानी भाडा लिने भएकाले प्रतिव्यक्तिले प्रति किलोमिटर साँफेबाट मार्तडी यात्रा गर्न १० रुपैया तिर्न बाध्य भएको भएका छन् ।
तत्काल यातायात व्यवसायी र सरोकारवालाहरुसंग छलफल गरी मनोमानी भाडादर अन्त्य गर्नका लागि साँफे मार्तडीको भाडादर तोक्न काँग्रेसले आग्रह गरेको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । उहाँले मनोमानी रुपमा यातायात व्यवसायीहरुले भाडा असुल्ने गरेकाले स्थानीय तहसंग समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
यता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भाडा मनोमानी असुल्ने गरेको आफुलाई नै चित्त नबुझेकाले आफैले साउन १२ गते यातायात विभागमा सडकको रुट प्रमिट र भाडादर कायमका लागि पत्र पठाएको बताए ।
भाडाको विषयमा ध्यानाकर्षण गराएको प्रति प्रमुख जिल्ला अधिकारी न्यौपानेले यो कार्य सकारात्मक भएकाले छिट्टै समाधान गर्ने प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ ।
यातायात व्यवस्था विभागले साफे मार्तडीको सडक खण्डको २८ किलोमिटरमा रहेको बार्जुगाडसम्मको मात्र बस तथा जीपहरु संचालनका लागि अनुमति दिएको छ ।
बार्जुगाडदेखि मार्तडी सम्मको २७ किलोमिटर सडकमा बस तथा जीप र अन्य साधन चल्ने अनुमति दिएको छैन । पटक पटक जिल्ला प्रशासन कार्यालयबाट पत्र पठाउदा समेत यातायात विभागले व्यवस्था गरेको बताइएको छ ।
ध्यानाकर्षण नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित,पाटी प्रदेश सभा ख का सभापति दिपक विक्रम शाह, पाटी सचिव रनंिस अयडी,बडीमालिका नगरपालकाका नगर प्रमुख पदम बडुवाल लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार