• होमपेज
  • समाज
  • मलद्वारमा लुकाएर सुन तस्करी : एक पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी : एक पक्राउ

  • बुधबार, भदौ २५, २०७६
मलद्वारमा लुकाएर सुन तस्करी : एक पक्राउ

काठमाडौं : सुन तस्करले नयाँनयाँ तरिका अपनाउन थालेका छन्। प्रहरीले मलद्वारमा लुकाएर सुन तस्करी गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ। मनाङ मिस्याङ गाउँपालिकाका कर्मा टासी गुरुङलाई प्रहरीले तीन सय ८० ग्राम सुनसहित पक्राउ गरेको हो।

नेपाल एयरलाइन्सको उडानबाट थाइल्याण्डको बैंककबाट नेपाल आएका गुरुङलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।  उनले मलद्वारमा उक्त परिमाणको सुन लुकाएर ल्याएका थिए। एयरपोर्ट भन्सार एरियामा मेटल डिटेक्टर र मेडिकल एक्सरे गरी जाँच गर्दा गुरुङको पर्दाफास भएको थियो।

चर्चामा

सम्बन्धित समाचार