शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा नेकपाका स्थानीय नेताको गाडीमा आगजनी

कैलालीमा नेकपाका स्थानीय नेताको गाडीमा आगजनी

  • मङ्लबार, भदौ २४, २०७६
कैलालीमा नेकपाका स्थानीय नेताको गाडीमा आगजनी

धनगढी, २४ भदौ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय  नेताको घरमा राखिएको स्कारपियो गाडी अज्ञात समूहले आगजनी गरेको छ ।
घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा  पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।आगजनी वाट गाडीको अगाडीको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए । ‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ ’उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए ।’
जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए । पार्टी एकीकरण पनि उनी जिम्मेवारी विहीन रहेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले आगजनी गरेको गाडी पनि तत्कालीन माओवादीकै नाममा रहेको प्रहरी निरिक्षक भट्टले बताए । ‘उहाँले किन्नु भएको थियो होला तर, नामसारी भएको पाइएन’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पनि घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।
‘आगलागी कसले र किन गरेको हो भन्ने बारेमा अझै यकिन भइसकेको छैन ’जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने, ‘हामी अनुसन्धानमै छौँ । ’

चर्चामा

सम्बन्धित समाचार